• १६ असार २०८१, आइतबार

नाम्खा गाउँपालिकाको बजेट ३५ करोड

blog

एघारौं गाउँ सभामा अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृत । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असार १३ गते । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको आगामी आर्थिक वर्ष ०८१/०८२ को वार्षिक बजेट ३५ करोड गाउँ सभाबाट पारित भएको छ । उक्त गाउँपालिकाको एघारौँ गाउँ सभाद्वारा सो बजेट पारित गरिएको हो । 

आगामी आर्थिक वर्षको लागि ३५ करोड दुई लाख ७६ हजार ३१८ रुपियाँको बजेट एघारौँ गाउँ सभाबाट पारित भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । कुल बजेटमा सङ्घीय अनुदानबाट वित्तीय सम्मनीकरणमा छ करोड ९४ लाख, चालु र पुँजीगतमा १४ करोड २९ लाख, समपूरक अनुदान एक करोड र राजस्व बाँडफाँडमा छ करोड ६९ लाख बजेट रहेको छ भने प्रदेश सरकारबाट अनुदान प्राप्त बजेटमा वित्तीय सम्मानीकरणमा ४९ लाख ६१ हजार, चालु र पुँजीगतमा दुई करोड ४२ लाख ७३ हजार, समपूरक अनुदान एक करोड र राजस्व बाँडफाँडबाट १४ लाख ४२ हजार ३१८ रुपियाँ प्राप्त भएको बजेटमा उल्लेख गरिएको छ । 

यसलाई क्षेत्रगत रूपमा बजेट विनियोजित भने पूर्वाधारमा एक करोड अठासी लाख, सामाजिक विकासमा असी लाख, बन तथा वातावरणमा दश लाख, आर्थिक विकासमा पचास लाख, सुशासन तथा सङ्गठनमा ५५ लाख, समपूरकमा तीन करोड पचास लाख र विविधमा पचास लाख बजेट रहेको छ । 

यो बजेटलाई कार्यक्रम तयार पारेर बजेट बाँडफाँड गरिएको छ । सभाको पहिलो सत्रमा अध्यक्ष लामाले नीतिहरू प्रस्तुत गर्नु भएको थियो । बजेट तथा कार्यक्रम माथि सभाका सदस्यहरूले छलफल गर्नुभएको थियो ।