• १५ असार २०८१, शनिबार

मिथिला भोजन अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्य छ : सेफ सन्तोष

blog

मिथिला परिकार सहित थाली। तस्बिर : स्मृति मिश्र

स्मृति मिश्र

महेन्द्रनगर (धनुषा) असार ११ गते। स्वादिष्ट एवं सन्तुलित भोजन ‘मिथिला भोजन’ अन्तर्राष्ट्रियकरण गर्ने मुख्य उद्देश्य रहेको बिबिसीका सेफ सन्तोष साहले बताउनुभएको छ। मिथिलाको मौलिक परिकारको स्वाद विश्वमा प्रख्यात भएपछि यसले देशको आर्थिक आयआर्जन समेत बढाउने उहाँको विश्वास छ । 

सेफ साहका भन्नुहुन्छ “विश्वका धेरै देशको खाना अन्तर्राष्ट्रियकरण भइसकेको छ, तर नेपालको भएको छैन। त्यसैले  मिथिला खानालाई अन्तर्राष्ट्रियकरण गर्नसके विश्वमै इतिहास कायम गर्न सकिन्छ।” देशको पहिचान दिने खाना मिथिला  भोजन उल्लेखनीय उदाहरण हुन्छ। मिथिलाको मौलिक परिकारको स्वाद खुवाउने योजनाका साथ उनले २०८० सालमा मिथिला थालीको सुरुवात गर्नुभएको हो। 

सेफ साहले मैथिली भोजनमा विशेष गरेर चामल, गहुँ, माछा र मासुमा परिकारको व्यापक प्रतिरूप हुनका साथै विभिन्न मसाला, जडीबुटी र प्राकृतिक खाद्य वस्तुको प्रयोग गरिन्छ। यसले सन्तुलित आहार तयार हुन्छ। आवश्यक पोषण प्रदानमा महत्त्वपूर्ण भूमिका खेल्छ।  मिथिला परिकारमा आलु चोखा अनिवार्य हुन्छ, यसका साथै तिलौडी अनि अन्तिममा दही, जेरी र मिथिलाको पान दिने प्रचलन रहेको उहाँको भनाइ छ। 

यहाँको मौसम अनुसार फलफूल तथा तरकारी प्रसिद्ध छ, प्रत्येक दिन नियमन गर्‍यौ भने स्वास्थ्यका लागि लाभदायी हुन्छ।  

मिथिला थालीका प्रबन्ध निर्देशक डी.के साहका अनुसार मिथिला थालीमा मुख्यतया खानामा  भात, रोटी, दाल, साग, तरुवा, भ्यान्टा अदौरी, अचार, बिरीया आलुको तरकारी र अन्त्यमा समेत खुवाउने गर्दै आएको छ। उहाँले भन्नुभयो ‘घरमा कोसेली लग्न मिठाइहरू पनि राखेका छौँ। जुन हाम्रो आफ्नै उत्पादन हो।’ 



रेस्टुरेन्टलाई विभिन्न खालका मिथिला आर्टबाट सजाइएको छ। मुख्य द्वारमा सुन्दर फुलेको फर्सी, केराको बोट, कोठी, दियोले झनै आकर्षण बढाएको छ। भारतको अयोध्या, नेपालको विराटनगर, वीरगन्ज, पोखरा र कतारको दोहामा छिट्टै सञ्चालन गर्ने योजना रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामबाट सुरुवात गरिएको मिथिला थाली अहिले नेपालको चार ठाउँमा छ।