• ९ कात्तिक २०८२, आइतबार

आँबुखैरेनी–मुग्लिङ सडक दुई घण्टा बन्द

blog

अमरराज नहर्की

तनहुँ, कात्तिक ९ गते। पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड दुई घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित डम्पिङ साइट क्षेत्रमा राति दुई घण्टाका लागि सडक बन्द रहने जनाएको छ।

प्रशासकीय अधिकृत सिर्जना रेग्मीद्वारा जारी विज्ञप्तिअनुसार सो क्षेत्रमा पहिरो नियन्त्रणका लागि भूकम्पीय प्रतिरोध क्षमता परीक्षण (एसआरटी) गर्नुपर्ने भएकाले कात्तिक १० गते राति १२ बजेदेखि २ बजेसम्म गरी दुई घण्टा सडकमा सवारी आवागमन रोकिने जानकारी दिइएको हो। 

विज्ञप्तिमा उक्त समयमा सडक अवरुद्ध हुने भएकाले यात्रु तथा सरोकारवालालाई वैकल्पिक तयारी गर्न अनुरोध गरिएको छ।