• ९ कात्तिक २०८२, आइतबार

खेलकुद मन्त्री गुप्ताद्वारा पदबहाली

blog

नवनियुक्त खेलकुदमन्त्री गुप्ता–हस्तक्षर युवा तथा खेलकुद मन्त्रालयमा आइतबार नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पदबहालीपश्चात निर्णय पुस्तिकामा हस्तक्षर गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौँ, कात्तिक ९ गते । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आइतबार आफ्नो पदबहाली गर्नुभएको छ । 

सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री गुप्ताले पदभार ग्रहण गर्दै आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालयअन्र्तगतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णयमा हस्ताक्षरसमेत गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सिरहाको लहान घर भएका मन्त्री गुप्ता जेन्जी आन्दोलनको अगुवा समेत हुनुहुन्छ । उहाँ सामाजिक कार्यमा पनि उतिकै सक्रिय हुनुहुन्छ । मन्त्री गुप्ताले कोभिड–१९ को समयमा निशुल्क खाना खुवाउने अभियान चलाउनुभएको थियो । त्यसैगरी उहाँले ‘हन्ड्रेड ग्रुप’मार्फत विद्यार्थीलाई पढाउँदै आउनुभएको छ ।