साउनबाट अदालतमार्फत उपभोक्तालाई न्याय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि उपभोक्ता अदालत गठन गरी गुनासो सुनेर पीडित उपभोक्तालाई न्याय दिलाउन सुरु गरिने भएको छ । आपूर्ति मन्त्रालयले उपभोक्ता संरक्षण ऐन २०७५ मा भएको व्यवस्था अनुसार उपभोक्ता अदालत गठन गर्नेसम्बन्धी सबै प्रक्रिया पूरा गरी अन्तिम रायका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ ।
गृहमन्त्री लामिछानेसँग सहकारी पीडितको भेट
सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्न पहल गरेकोमा सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिएका छन् ।
बागमतीमा आर्थिक मामिला मन्त्रालयले माग्यो बजेटसम्बन्धी सुझाव
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम र बजेटको तयारी थालेको छ।
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताउनुभएको छ ।
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
बिक्रीमा राखिएका ढाकी
सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा बिक्रीका लागि राखिएका बाँसको चोयाबाट बनेका ढाकी । ढाकीको आकार हेरेर तीन सयदेखि पाँच सय रुपियाँसम्ममा बिक्री हुने व्यापारी बताउँछन् ।
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो ।
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
दश वर्ष कोरिया बसेर फर्कनुभएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थाल्नुभएको छ । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उहाँले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गर्नुभएको हो ।
अन्तरदेशीय आर्थिक तथा व्यापार मेला हुने
१७ औँ नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला हुने भएको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको आयोजनामा आगामी सोमबारदेखि राजधानीको भृकृटीमण्डपमा सो आर्थिक तथा व्यापार मेला हुन लागेको हो । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागबिच सन् १९९० मा दुर्ई देशबिच भएका सम्झौता अनुसार नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा दुई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता अनुरूप यस पटक नेपालमा मेला आयोजना गर्न लागिएको केन्द्रले जनाएको छ ।
ब्यान्डविथको भुक्तानी सहजीकरण गरिदिन आग्रह
इन्टरनेट सेवाप्रदायकहरूले इन्टरनेट ब्यान्डविथ आयातबापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटहीका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् । इन्टरनेट सेवाप्रदायक सङ्घ नेपाल (आइस्पान) ले राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै विगत एक वर्षदेखि नै यस्तो भुक्तानी रोकिएकाले तत्काल सहजीकरण गरिदिन सरकारसम्म आग्रह गरेको हो ।
बेलहिया नाकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि
रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । पछिल्लो समय यो नाका हुँदै पर्यटक आउने क्रम बढ्दै गएको हो । स्थलमार्गबाट आउने भारतीय पर्यटकको तथ्याङ्क भने राख्ने गरिएको छैन । पर्यटन व्यवसायी एवं सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर (सोट्टो) नेपालका लुम्बिनी प्रदेश अध्यक्ष श्रीचन्द गुप्ताका अनुसार भारतीय पर्यटकको आवागमन पनि पछिल्लो समय बाक्लिएको छ । बेलहिया नाका नेपालमा स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो । राहदानी प्रयोग गर्ने विदेशी पर्यटक सबैभन्दा बढी यही नाका हुँदै आउने गर्छन् । यो नाका हुँदै आउने भारतीयको कुनै तथ्याङ्क नराखिएकाले यति भारतीय नेपालमा आए भन्न सकिँदैन तर पछिल्लो तीन महिनामा ५० हजारभन्दा बढी भारतीय यो नाका हुँदै नेपालका विभिन्न स्थानमा घुम्न गएको पर्यटन व्यवसायीको अनुमान छ ।
न्यारो बडीबाट आइतबारदेखि नियमित उडान
पार्किङ ब्रेकमा समस्या देखिएपछि इजरायलमै रोकिएको नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज शनिबार नेपाल आइपुग्ने भएको छ । इन्जिन मर्मतका लागि इजरायल पुगेको जहाज यसअघि सोमबार नेपाल आइपुग्ने उडान तालिका रहेको थियो । निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले इन्जिन मर्मतपछि नेपाल आउन ठिक्क परेको जहाजको पार्किङ ब्रेकमा देखिएको समस्या समाधान भइरहेको र आइतबारदेखि नियमित उडान हुने एक साता ढिलो गरी नेपाल आउन लागेको जानकारी दिनुभयो ।
श्रमिकको हवाई भाडामा छुटको आग्रह
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामा छुट र एक पटक खानाको व्यवस्थापनका लागि सरोकारवाला निकायलाई पत्राचार गरेको छ । विभागले श्रमिकलाई नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वैदेशिक रोजगार सङ्घ र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभललाई पत्रमार्फत हवाई टिकटमा खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरेको हो । मलेसिया तथा मध्यपूर्वका मुलुकमा वैदेशिक रोजगारीका लागि श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ । उडान समयभन्दा तीन घण्टाअगाडि नै विमानस्थलभित्र प्रवेश गर्नुपर्ने हुन्छ ।
‘आत्मनिर्भर अर्थतन्त्रका लागि घरेलु तथा साना उद्योग महत्वपूर्ण’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको बताउनुभएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीसँग महासङ्घको माइतीघरस्थित सचिवालयमा भएको छलफलमा उहाँले भन्नुभयो, “निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमै छ । यस्ता उद्योगको प्रवर्धन र विकासमा म हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
कोरिया बसेर फर्केकाहरू पुनः जान पाउनुपर्ने माग
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी), इपिएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल गराएको छ । इपिएसमार्फत कोरिया बसेर फर्केका रिटर्नीले आफूहरू पुनः जान पाउनुपर्ने भन्दै आन्दोलन गरेपछि श्रममन्त्री डोलप्रसाद अर्यालको उपस्थितिमा मन्त्रालयले तीनै पक्षबिच छलफल गराएको हो । रिटर्नीहरूले वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा र एचआरडी कोरियाका कर्मचारीको विभेदका कारण आफूहरू पुनः कोरियामा जानबाट वञ्चित भएको गुुनासो गर्दै आएका थिए । साथै रिटर्नीले एचआरडी कोरियाले श्रमिक छनोटमा विभेद गरेको, कोरिया रिटर्नीको फाइल रोजगारदाताकोमा नपु¥याएको, महिला श्रमिकलाई छनोट नगरेको र नयाँलाई मात्रै प्राथमिकता दिएको गुनासो गर्दै आएका थिए । छलफलमा सहभागी रिटर्नीका प्रतिनिधिले सोही विषयलाई दोहो¥याए ।
सोह्रौँ योजनालाई अन्तिम रूप दिइँदै
१६ औँ पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने गरी राष्ट्रिय योजना आयोगले बिहीबार राष्ट्रिय विकास परिषद्को बैठकमा बृहत् छलफल गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, निजी क्षेत्रका प्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्री स्थानीय निकायका प्रतिनिधिलगायत समेटर १६ औँ योजनाका प्रस्तावहरूमाथि मिहिन छलफल गराएको हो ।
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही महत्वपूर्ण निर्णय गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका विषयमा आज अर्थविदहरुसँग परामर्श गर्दै उहाँले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने उल्लेख गर्नुभयो ।
‘१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धि प्राथमिकतामा पर्नुपर्छ’
पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभूत तत्त्वलाई पहिलो प्राथमिकतामा राखेर १६ औँ पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिनुभएको छ ।
मेलाबाटै दुई सय ५० जनालाई जागिर
गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा भएको तीन दिने वृत्ति परामर्श तथा रोजगार मेला बुधवार सकिएको छ । बेरोजगार युवा र रोजगारदातालाई जोड्ने उद्देश्यले आयोजित मेलाबाटै दुई सय ४५ जनाले रोजगारी पाएका छन् ।
बाँकेका किसान चैते धानप्रति आकर्षित
प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन् ।
गमला र च्याउ बेचेर पढाइ खर्च जुटाउँदै
रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–९ मा रहेको राडीज्युला शिक्षा क्याम्पसका विद्यार्थीले आफ्नो पढाइ खर्च आफैँ जुटाउन थालेका छन् । क्याम्पसमा सञ्चालित ‘कमाउँदै–पढ्दै कार्यक्रम’ मार्फत गमला उत्पादन र च्याउ खेती गरेर विद्यार्थीले आफ्नो पढाइ खर्च जुटाउन थालेका हुन् ।
उन्नाइस करोडको तरकारी बिक्री
सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारमा किसानले दुई महिनामा १९ करोड बढीको तरकारी बिक्री गरेका छन् । कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार लालबन्दी–७, डुमडुमेस्थित तरकारी बजारबाट फागुन र चैत महिनामा किसानले बिक्री गरेको १९ करोड बढीको तरकारी बाहिरी बजारमा निकासी भएको छ ।
‘लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध’
अर्थमन्त्री वर्षमान पुनले वैदेशिक लगानी आकर्षित गर्ने नीतिमा सरकार रहेको बताउनुभएको छ । त्यसका लागि लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध पनि रहेको उहाँले उल्लेख गर्नुभएको छ । विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिसँग बुधबार अर्थ मन्त्रालयमा भेट गर्दै उहाँले सरकारले देशभित्र र बाहिरको निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाएको बताउनुभयो ।
भारतको निर्वाचनले पोखरा पर्यटन प्रभावित
पोखराको पर्यटन बजारमा भारतीय पर्यटकको सङ्ख्या उच्च रहेको अवस्थामा भारतमा हुन गइरहेको लोक सभा चुनावले गर्दा पोखराको पर्यटनमा कमी आएको छ । भारतमा अत्यधिक गर्मी सुरु हुनासाथ भारतीय पर्यटक नेपाल भ्रमण आउने र त्यसमा पनि पोखरा उनीहरूको रोजाइमा पर्ने गरेको थियो । चैतदेखि असारसम्म उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक आउने गरेकोमा यही अप्रिल १७ बाट सुरु भएको लोक सभाको चरणबद्ध निर्वाचनले पोखराको पर्यटन बजार प्रभावित भएको छ ।