उखु महोत्सवबाट किसान उत्साहित
छत्रकोट गाउँपालिकामा आयोजना गरिएको उखु महोत्सवबाट उखु किसान उत्साहित बनेका छन् । उखुको उत्पादनलाई थप व्यावसायिक बनाउँदै त्यसको प्रवद्र्धन र विकासका लागि गाउँपालिकाले वडा नम्बर ४ अन्तर्गत दिगामा शुक्रबार एकदिने उखु महोत्सवको आयोजना गरेको छ ।
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले एक खर्ब १४ अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको हो ।
कैलालीको सात नदीमा तटबन्ध निर्माण सुरु
जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी, गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो ।
आम्दानीको स्रोत बन्दै रायो साग खेती
भीमेश्वर नगरपालिका–७ मकैवारिका किसानहरूले गरेको बेमौसमी रायो साग खेतीबाट करोडौँ आम्दानी गर्न सफल भएका छन् ।
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् ।
फास्ट ट्र्याक पुरानै लागतमा समयभित्रै बनिसक्छ: प्रधानसेनापति शर्मा
प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौँ–तराई÷मधेस द्रुतमार्गको पहिलेकै लागतमा तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ ।
सिँचाइमा वैकल्पिक ऊर्जाबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने
नवीकरणीय ऊर्जाको माध्यमबाट कृषि भूमिमा दिगो सिँचाइ प्रवर्धन गर्ने उद्देश्यले राजधानीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको सहकार्यमा वैशाख १० गतेदेखि १४ गतेसम्म उक्त सम्मेलन गर्न लागेको हो ।
साना उद्योगमा लगानीकर्ता आकर्षित
चालु आर्थिक वर्षको नौ महिनामा २८६ उद्योगमा (स्वदेशी र विदेशी) एक खर्ब ६५ अर्ब लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म २८६ उद्योग दर्ता भएका हुन् । जसमा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । चालु आवमा दुई सय वटा साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा नौ महिनामै लक्ष्यभन्दा बढी २२३ वटा उद्योग दर्ता भएका छन् । ती उद्योगबाट २० हजार १३७ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ ।
अमेरिकी डलर उच्च दरमा विनिमय जारी
अमेरिकी डलरको मूल्यले एकपछि अर्को रेकर्ड ब्रेक गर्ने क्रम जारी रहेको छ । शुक्रबार फेरि डलरको विनिमय मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दरका अनुसार शुक्रबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३३ रुपियाँ ९७ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३३ रुपियाँ ३७ पैसामा कारोबार भएको छ । जुन बिहीबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३३ रुपियाँ ९६ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३३ रुपियाँ ३६ पैसामा कारोबार भएको थियो । डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अवमूल्यन भएको छ ।
ताक्लाकोट जान सीमा पास लिने बढे
छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार व्यवसाय र रोजगारीका नेपाल र चीनको सीमानाका हिल्सा हुँदै जाने भएकाले चैत १५ गतेयता सीमा पास लिने हुम्लावासीको भिड जिल्ला प्रशासन कार्यालयमा बढ्न थालेको छ ।
तातोपानीबाट अझै आइपुगेन मल
सिल्क मार्केट प्रालिले चीन ल्याएको मल अझै कृषि सामग्री कम्पनीलाई हस्तान्तरण गरेको छैन । चीनबाट ल्याएको रासायनिक मल सात महिनादेखि तातो भन्सार कार्यालयमा थन्काएर राखेको छ तर हालसम्म कृषि सामग्री कम्पनीलाई हस्तान्तरण गरेको छैन । कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख विष्णु पोखरेलले ६/७ महिनादेखि तातोपानी भन्सारमा थन्काएर राखेको मल काठमाडौँ नल्याएको गुनासो गर्नुभयो । चीनबाट ल्याएको २५ सय मेट्रिक टन मलमध्ये एक हजार मेट्रिक टन मल मात्र ल्याइ पु¥याएको छ, अरू बाँकी मल कहिले आउने अत्तोपत्तो नरहेको उहाँले बताउनुभयो । सिल्क मार्केट प्रालिसँग भएको सम्झौता अनुसार २१ हजार मेट्रिक टन मल अझै ल्याएको छैन, उहाँले भन्नुभयो, “पच्चिस सय मेट्रिक टन मल तातोपानी भन्सार कार्यालयमा आएको ६/७ महिना भइसक्यो त्यो हामीलाई हस्तान्तरण गरेको छैन, त्यसबाहेक अरू २१ हजार मेट्रिक टन मल ल्याउनै बाँकी राखेको छ ।”
चार सय घरधुरीको घर बीमा
जुम्लाको सिञ्जा गाउँपालिका-२ ले वडाभित्रका चार सय घरधुरीलाई घर बीमा गरिएको छ । गत वर्ष असोजमा अबिरल वर्षाले बाढी पहिरो गई यहाँका अधिकांश घरमा क्षति पुगेको थियो ।
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा
सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको छ ।
नौ महिनामा ६० प्रतिशत बजेट खर्च
चालु आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा बाँकेमा सङ्घीय सरकारतर्फको कुल पुँजीगत विकास बजेटमध्ये ६० प्रतिशत बजेट खर्च भएको पाइएको छ ।
३८ वर्ष पछि निर्माण भएको विमानस्थलमा उडान शून्य
कालिकोटको एक मात्र सुनथराली विमान स्थल उद्घाटनमै सीमित भएको छ । शिलान्यास भएको ३८ वर्ष पछि बल्लतल्ल निर्माण सम्पन्न भएको विमानस्थल एक वर्ष पछि औपचारिक रूपमा उद्घाटन भए पनि उडान शून्य भएको छ ।
गण्डकी प्रदेशको बजेट खर्च पच्चिस प्रतिशत मात्र
चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्म गण्डकी प्रदेश सरकारको खर्चको अवस्था निराशाजनक देखिएको छ । चैत मसान्तसम्म प्रदेश सरकारले चौबिस दशमलव बयासी प्रतिशत मात्र बजेट खर्च गरेको छ ।
तीन वर्षभित्र पिपिआर र बङ्गुर हैजामुक्त गरिने
पशु सेवा विभागले भेडाबाख्रामा लाग्ने पिपिआर रोग र बङ्गुर हैजा तीन वर्षमा पूर्ण रूपमा नियन्त्रण गर्ने गरी योजना अगाडि बढाएको छ । त्यसका लागि विभागले आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा त्यसलाई समावेश गरेको छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले खोप उत्पादनमा वृद्धि गरी आगामी तीन वर्षमा यी दुई वटै रोग मुक्त गर्ने लक्ष्य बनाएको बताउनुभयो । “हालसम्म उत्पादन भइरहेको खोपबाट ५०–६० प्रतिशत बङ्गुर तथा भेडाबाख्रामा मात्र खोप लगाइन्थ्यो । आगामी आर्थिक वर्षदेखि खोप उत्पादन वृद्धि गरी ९० प्रतिशतमा लगाउने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय मान्यता अनुसार ९० प्रतिशतमा खोप लगाइयो भने रोग उन्मूलन भएको मानिन्छ, हालसम्म हामी ५०–६० प्रतिशतभन्दा अगाडि बढ्न सकेका छैनौँ ।”
अमेरिकी डलर हालसम्मकै उच्च दरमा विनिमय
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार बिहीबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३३ रुपियाँ ९६ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३३ रुपियाँ ३६ पैसामा कारोबार भएको छ । बुधबार यो बिन्दुमा पुगेको डलरको विनिमय बिहीबार पनि कायम भएको हो । डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अवमूल्यन भएको छ ।
आठ महिनामै खारेज भयो कार्यविधि संशोधन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चलन कार्यविधि, २०७६ को पहिलो संशोधन खारेज गरेको छ । गत असोज ७ गते संशोधन बिहीबार बसेको मन्त्रीस्तरीय निर्णयबाट खारेज गरिएको हो । गत पुस २४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक रोजगारी प्रवर्धन, वैदेशिक रोजगारी व्यवस्थापन र सामाजिक सुरक्षालगायतका विषयमा मन्त्रालयलाई १६ बुँदे निर्देशन दिनुभएको थियो ।
तीन अर्ब लागतमा इन्धन भण्डारणगृह निर्माण गरिँदै
तीन अर्ब लागतमा भैरहवामा इन्धन भण्डारणगृह निर्माण गर्ने प्रक्रिया सुरु भएको छ । ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्त रूपमा बुधबार निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो । नेपाल आयल निगमले भैरहवाको रोहिणी खोला किनारमा इन्धन भण्डारणगृह निर्माण गर्ने प्रकिया सुरु गरेको हो । निगमले ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाबिचमा रहेको १४ बिघा जग्गामा उक्त भण्डारणगृह निर्माण गर्न लागिएको हो । तीन महिनालाई पुग्ने भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुरूप निगमले भैहवामा भण्डारणगृह निर्माण गर्न पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको हो । पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुरूप लुम्बिनी प्रदेशको भैरहवामा सुरु भएको हो ।
चौरासी देशमा निर्यात हुँदै नेपाली ब्रान्डको ‘लाइकी कुरुस’
नेपालमा प्रचलित भनाइ छ ‘सियो नबन्ने देश’ । सियो नबन्ने देशका रूपमा परिचय पाएको नेपालमा उत्पादन भएको निटिङ निडल्स (स्विटर बुन्ने कुरुस) अमेरिका तथा युरोपलगायतका हुँदै विश्वका कुनाकाप्चासम्म पुगेका छन् । चर्चित अनलाइन मार्केट अमेजनमा ‘मेड इन नेपाल’ उल्लेख गरेको ‘लाइकी निटिङ निडल्स’ का उत्पादन फाइभ स्टार ¥याङ्किङमा छन् । चारदेखि १३५ डलर मूल्य राखिएका ती नेपाली उत्पादन प्रयोगकर्ताले रुचाएको प्रतिक्रिया दिएका छन् ।
नेपालको ऊर्जा क्षेत्रीयस्तरमै महत्वपूर्ण
अर्थमन्त्री वर्षमान पुनले नेपालले जलविद्युत्मा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्धनका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिकामा रहनुभएका अर्थमन्त्रीले ‘एसियामा नवीकरणीय ऊर्जा सङ्रक्रमण’ शीर्षक सत्रलाई सम्बोधन गर्दै नेपालको बिजुली आन्तरिक खपत मात्र नभई छिमेकी भारत र बङ्गलादेशसमेत निर्यात हुन लागेको जानकारी गराउनुभयो । सौर्य ऊर्जासँगै जलविद्युत्को क्षमतालाई पूर्ण रूपमा उपयोग गर्ने प्रयासमा नेपाल रहेको पनि उहाँले बताउनुभयो ।
बजार भाउ बढ्दा उपभोक्ता मारमा
दैनिक उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु भेटिँदैन पनि । सानोतिनो कमाइले परिवार धान्न गाह्रो भएको अनुभव सहकारीमा पैसा सङ्कलनको काम गर्ने विष्णुमाया क्षेत्रीले सुनाउनुभयो । दैनिक एक हजार रुपियाँले चार जनाको परिवारलाई सामान्य खाएर दुई छाक टार्न गाह्रो भएको अनुभव विष्णुमायाको छ । उहाँले भन्नुभयो, “काम गरेको ठाउँमा तलब बढेको छैन, एक वर्षको बिचमा खाने कुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।”
सांसद डा.शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
प्रतिनिधि सभा सदस्य तथा व्यवसायी डा.सुनिल शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गर्नुभएको छ ।