इजरायलमा रहेका नेपालीको सुरक्षा चासो
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गर्नुभएको छ । आइतबार बिहानदेखि इरानले इजरायलको राजधानी तेल अभिभलगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गर्नुभएको हो ।
ऋणसँगै थपिँदै भुक्तानीको भार
खर्च दायित्व अनुसार आम्दानी बढ्न नसक्दा बजेट स्रोतका रूपमा सार्वजनिक ऋणको आकार बढ्दै जाने क्रम नियमित जस्तै बनेको छ । कुल बजेटको औसतमा एक चौथाइ स्रोत सार्वजनिक ऋणबाटै व्यवस्थापन गरिरहेको सरकारका लागि पछिल्लो समय त्यसको भुक्तानीको दायित्व पनि बढ्दै गएको देखिन्छ । चालु आवमा ऋण भुक्तानीकै लागि वित्तीय व्यवस्थातर्फको खर्च बढाएको सरकारले तेस्रो त्रैमास पूरा हुँदासम्म लिएको ऋण र भुक्तानी भएको रकम करिब बराबरजस्तै हुन पुगेको छ । यस्तो प्रवृत्तिले सरकारले ऋण उठाएर पुनः ऋणकै भुक्तानीका लागि खर्च गर्नुपर्ने अवस्था आएको देखाउँछ ।
निगमले बुझायो किस्ताबापतको ५३ करोड
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।
नेप्से परिसूचकमा १६ दशमलव ८२ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ को बिन्दुमा कायम भएको हो ।
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ ।
फास्ट ट्र्याकबाट मलको व्यवस्था गर्न निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले रासायनिक मलको समस्या सधैँका लागि समाधान गर्न खरिद प्रक्रिया छोटो गर्न निर्देशन दिनुभएको छ । कृषिमन्त्री साहले आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रालयका अधिकारीलाई सो निर्देशन दिनुभएको हो । रासायिनक मल खरिद प्रक्रिया लामो भएकाले यसको समस्या समाधान नभएको भन्दै उहाँले यसको प्रक्रिया कसरी छोटो गर्न मिल्छ गर्नुहोला भन्दै निर्देशन दिनुभयो ।
लाल आयोगको म्याद थप
सरकारले डेडिकेटेट र ट्रङ्क लाइन विवाद निरूपणको उपाय सुझाउन गठित आयोगको म्याद एक महिना थप गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिको म्याद एक महिना थप गरेको हो । गत वर्ष पुसमा नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबापतको प्रिमियम शुल्क असुलीमा कडाइ थालेको थियो । सोही अनुसार प्राधिकरणले बक्यौता नतिरेको भन्दै क्रमिक रूपमा करिब दुई दर्जन उद्योगको लाइनसमेत काटेको थियो । प्रिमियमबापतको रकम असुलीका लागि उद्योगकै लाइन काट्नेसम्मको काम गरेपछि उद्योगी व्यवसायीले ठुलो विरोध जनाएका थिए । उद्यमी व्यवसायीको चर्को दबाबपछि मन्त्रीपरिषद्ले बैठकले नै पुसको अन्तिम साता लालको अध्यक्षतामा समिति गठन गरेको थियो ।
आर्थिक क्रियाकलाप चलायमान बन्दै
आर्थिक मन्दीका कारण समस्या भोगिराखेका चितवनको व्यवसायमा तीन महिनायता सुधारोन्मुख अवस्था भएको पाइएको छ । अङ्ग्रेजी नयाँ वर्षदेखि चैत महिनाको अन्तिमसम्म जिल्लामा भएका गतिविधि र त्यसपछि भएका प्रभावले अर्थतन्त्रमा सुधारको अवस्था आएको चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिडअगाडिको अवस्था जस्तो भएको छैन, तीन महिनायता सुधारतर्फ गएको छ ।” चितवनमा राष्ट्रियस्तरका कार्यक्रमहरू आयोजना भएका छन्, मेला महोत्सव, प्रदेशस्तरीय खेलकुद, एक्स्पोलगायतका कारण चितवनका होटलहरू भरिएका छन् । यसले यहाँको बजारमा आर्थिक रूपले सकरात्मक प्रभाव पारेको हामीले पाएका छौँ, अध्यक्ष श्रेष्ठले भन्नुभयो । होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार भरतपुर क्षेत्रमा २० प्रतिशत र पश्चिम चितवनमा ६० प्रतिशत होटलको बुकिङ वृद्धि भएको छ । अध्यक्ष चुकेले भन्नुभयो, “होटलमा आएका पर्यटकले यहीको बजारमा आर्थिक प्रभाव पार्ने गर्छ । मेला महोत्सव तथा एक्स्पो नभएको अवस्थामा अहिले ती गतिविधि भएका छन् । होटल व्यवसायका लागि अहिले निराशा होइन आशा पलाएको छ । पर्यटक पाउन मुस्किल भएका होटलमा अहिले भरिन थालेको छ, यसले उत्साहित बनाएको छ ।
वैदेशिक रोजगारी एक वर्ष : सात लाखभन्दा बढीले श्रम स्वीकृति लिए
पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सात लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार २०८० को वैशाखदेखि चैत महिनासम्म सात लाख ११ हजार ३५१ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् । त्यसो त अघिल्लो वर्ष २०७९ चैतदेखि वैशाख महिनासम्म श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या सात लाख ७३ हजार २४२ हजार थियो । जुन सङ्ख्या २०८० सालको भन्दा २०७९ सालमा श्रम स्वीकृति लिनेको सङ्ख्या ६१ हजार ८१९ जनाले बढी हो । वैदेशिक रोजगार विभागका अनुसार २०७८ सालमा भने साढे पाँच लाख जना युवाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका थिए ।
पर्यटन क्षेत्रमा लगानीकर्ता आकर्षित
चालु आर्थिक वर्षको नौ महिनामा ४३ अर्ब सात करोड रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । प्रत्यक्ष वैदेशिक लगानी र सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए) गरी नौ महिनामा ४३ अर्ब सात करोड रुपियाँ लगानी प्रतिबद्धता आएको हो । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म २६९ परियोजनामार्फत ३० अर्ब नौ करोड ९५ लाख १५ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो । चैत महिनामा १६ वटा परियोजनामार्फत ९६ करोड पाँच लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै नौ महिनामा सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए) गरी ४१ वटा उद्योगमा १२ अर्ब ९७ करोड ४५ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
‘प्रतिबद्धता जनाएको लगानी किन भित्रिएन’
मुलुकमा लगानी गर्ने भनेर प्रतिबद्धता जनाए पनि सो अनुपातमा लगानी भित्रिन नसकेकाले किन लगानी भित्रिएन भनेर फलोअप र अध्ययन गर्न विज्ञहरूले जोड दिनुभएको छ । तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज आइतबार राजधानीमा आयोजना गरेको ‘नेपालको आर्थिक सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तर्क्रिया कार्यक्रममा विज्ञहरूले प्रतिबद्धता अनुसार लगानी के कारणले आउन सकेन भनेर त्यसको फलोअपसँगै अध्ययन गर्नुपर्ने बताउनुभएको हो ।
एक महिनामा एक अर्ब त्रिसट्ठी करोड रकमान्तर
अर्थ मन्त्रालयले विगत एक महिनामा एक अर्ब ६३ करोड रुपियाँ रकमान्तर गरेको छ । त्यस्तै दुई अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ । विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड रुपियाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।
नेप्से परिसूचक झिनो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर दुई हजार २३ दशमलव ३५ मा सीमित भएको छ ।
सञ्चारमन्त्री शर्माद्वारा डोल्पामा एफटिटिएचको शुभारम्भ
नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटिटिएच) नेटवर्क सेवा सुरु गरेको छ। उच्च गतिको इन्टरनेट सेवा देशभर पुर्याउने सरकारको अभियानअन्तर्गत आजदेखि नेपाल टेलिकमले उक्त सेवा डोल्पामा सुरुआत गरेको हो।
सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो
स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुन प्रतितोला रु. दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय कायम भएको छ ।
पोखरामा बक्यौता कर उठाउन समिति
पोखरा महानगरपालिकाले सटर कवल बहाल बक्यौता असुलीका विषयमा अध्ययन गरी सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गरेको छ ।
चाररातेमा पाँचसय चौँरी ( फोटो फिचर)
भनिन्छ चौँरी र हिमाल एक अर्काका पर्याय हुन् । चौँरी विनाको हिमाल र हिमाल विनाको चौँरी कल्पना गर्न सकिँदैन । यी र यस्तै विषय मनन गर्दै पाँचथरको फालेलुङ गाउँपालिका स्थित चार रातेको सातौँ पटक चौँरी पर्यटन महोत्सव आयोजना गरिएको छ ।
सडक सञ्जाल जोडिएपछि ढुवानी सहज
हिमाली जिल्ला हुम्लाका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी कार्य सहज बन्दै गएको छ । दक्षिणी हुम्लाको सर्केगाड गाउँपालिका–६, खानीखेतसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएका कारण ढुवानी सहज भएको हो । लिमिटेडको हुम्ला शाखाका निमित्त प्रमुख नवीन आचार्यले पहिलो पटक जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न समयमै ढुवानी भएको बाउनुभयो । यसको मुख्य श्रेय दक्षिणी हुम्ला सडक सञ्जालसँग जोडिएकोलाई जान्छ ।
बिमा व्यवसायलाई पारदर्शी बनाए बजार विस्तार हुने
बिमा व्यवसायलाई स्वच्छ र पारदर्शी बनाउन सके मात्रै यसको बजार विस्तार हुन सक्ने सरोकारवालाले बताएका छन् । नयाँ वर्ष २०८१ को अवसरमा बिमा सर्भेयर सङ्घ नेपालले यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । बिमा समितिका पूर्वअध्यक्ष प्राडा फत्तेबहादुर केसीले बिमाको विस्तारले अर्थतन्त्रमा विशेष योगदान पु¥याउन सक्ने भन्दै यसका निर्जीवन बिमा व्यवसायको तीन वटा महत्त्वपूर्ण स्टेकहोल्डर नियामक, बिमक र सर्भेयरको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
जोन र सुपरजोन घोषणा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि तथा पशुपन्छी उत्पादनतर्फ केही जोनलाई सुपरजोनमा स्तरोन्नति गरेको छ भने केही जोन घोषणा गरिएको छ । कृषि मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना निर्देशक समितिको बैठकले सो घोषणा गरेको हो । कृषिमन्त्री ज्वालाकुमारी साहका स्वकीय सचिव रविन पटेलका अनुसार बैठकमा भएको छलफलमा परियोजनाले कार्यान्वयन समितिले गरेको सिफारिसका आधारमा भोजपुर अलैँची र सङ्खुवासभा अलैँची जोनलाई अलैँची सुपरजोनमा स्तरोन्नति गरेको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना, आठ अर्ब छपन्न करोड भुक्तानी
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत आठ अर्ब ५६ करोड रुपियाँ भुक्तानी गरेको छ । योगदानमा सुरक्षा योजना लागु गरेको पाँच वर्षको अवधिमा ५२ अर्ब ८९ करोड रुपियाँ सङ्कलन गरेको कोषले विभिन्न चार वटा योजनाका लागि कोषमा सङ्कलित रकमको १५ प्रतिशत भुक्तानी गरेको हो ।
पौष्टिक तत्त्व मिसाइएको नौ हजार क्विन्टल चामल वितरण
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका पाँच जिल्लामा नौ हजार क्विन्टल पौष्टिक तत्त्व मिसाइएको चामल (फोर्टीफाइड राइस) वितरण गरेको छ । विश्व खाद्य कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा स्तरोन्नति गरिएको चामल उत्पादन गरी कम्पनीले कुपोषण बढी भएका कर्णाली प्रदेशका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लामा वितरण गरिएको हो । सो चामलको प्रयोगले बाल मृत्युदर कम गर्ने अपेक्षा गरिएको छ । खाद्य कम्पनीका बिक्री प्रमुख भीम थापाले बजार मूल्यमा हालसम्म नौ हजार क्विन्टल फोर्टीफाइड राइस वितरण गरिसकेको उहाँले जानकारी दिनुभयो ।
चैते धान रोपाइँमा किसान व्यस्त
दाङको बङ्गलाचुली गाउँपालिका–४, गहतेरा निवासी मुगा डाँगी अहिले चैते धान रोप्न व्यस्त हुनुहुन्छ । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवारलाई सुकाखोलाको पानीले सिञ्चित भएको करिब चार रोपनी जग्गामा धान रोप्दै हुनुहुन्छ । खाली समयमा बस्नुभन्दा पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनि चैते धान खेती रोप्दै आएको डाँगी बताउनुहुन्छ । चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान खेती गर्दै आएकी डाँगीले बर्खे धानको तुलनामा चैते धान राम्रो फल्ने बताउनुहुन्छ । अहिले रोपेको धानमा राम्रो धान लागेको हुन्छ, रोग केही पनि लाग्दैन ।
चैतमा पाथीभरामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रुपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।