सुनको मूल्य एक लाख पैँतिस हजार नाघ्यो
साताको पहिलो दिन आइतबार स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । एक महिनादेखि लगातार बढ्दै गएको सुनको मूल्यले आइतबार पुनः नयाँ रेकर्ड कायम गरेको हो । एकै दिन तोलामा दुई हजार नौ सय रुपियाँले बढेर प्रतितोला एक लाख ३५ हजार छ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
राजस्व घटाउनु पर्नेगरी बजेट ल्याउनु हुँदैन : पूर्व अर्थमन्त्री खतिवडा
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अर्धवार्षिक समीक्षामा १० प्रतिशत बजेट र राजस्व घटाउनुपर्ने बजेट नल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिनुभएको छ ।
छिपछिपे सहकारीमा गम्भीर आर्थिक हिनामिना भएको पुष्टि, तीन जना पक्राउ
नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेको पुष्टि भएको छ। दुई महिनाभन्दा बढी समय लगाएर सहकारी रजिष्टारको कार्यालय गण्डकीले गरेको अनुसन्धानबाट छिपछिपेले रकम हिनामिना गरेको प्रतिवेदन तयार गरेको हो।
सुनको मूल्यमा नयाँ कीर्तिमान
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु. एक लाख ३५ हजार छ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ ।
डोटीमा प्याजखेतीप्रति बढ्दो आकर्षण
डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याजखेती गर्नुभएको छ ।
अर्थतन्त्र उकास्न सरकार प्रतिबद्ध
अर्थमन्त्री वर्षमान पुनले देशको समग्र अर्थतन्त्र उकास्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । वीरगन्जमा कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित एक कार्यक्रममा उहाँले अर्थतन्त्र उकास्न केही समस्या र चुनौतीहरू देखिएको कुरा सत्य हो तर अब धेरै दिन यस्तो अवस्था नरहने बताउनुभयो । निराशाबाट आशा जगाउने काम सरकारले गरिरहेकाले यसको प्रतिफल चाँडै आउने उहाँले दाबी गर्नुभयो ।
अङ्गुर अनुसन्धान केन्द्र अलपत्र
बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेशमा रहेको अङ्गुर अनुसन्धान केन्द्र अहिले अलपत्र बनेको छ । ३० वर्षअघि जापानको जाइका नामक संस्थाले उपहारस्वरूप तत्कालीन कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेलाई सो अङ्गुर अनुसन्धान केन्द्र दिएको थियो । कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका अनुसार कुनैबेला यहाँ लटरम्म फल्ने अङ्गुर खान र हेर्न टाढाटाढाबाट आउनेको घुँइचो लाग्ने गरेको थियो तर अहिले अवस्था फेरिएको छ । न यहाँ पहिले जस्तो लटरम्म अङ्गुर फल्छन् न त हेर्नै कोही आउँछन् । देशमै अङ्गुर उत्पादनलाई प्रवर्धन गर्न सक्ने क्षमता रहेको अङ्गुर अनुसन्धान केन्द्र अलपत्र अवस्थामा रहेको छ ।
अल्लोबाट आम्दानी गर्दै महिला
वनजङ्गल तथा खोलामा कुहिएर जाने अल्लो महिलाका लागि आम्दानीको स्रोत बनेको छ । अल्लो प्रशोधन गरेर धागो तथा कपडा उत्पादनसम्बन्धी सिप सिकेपछि महिलाले लाखौँ रुपियाँ आम्दानी गर्दै आएका छन् । अल्लो धागो तथा कपडा उत्पादन गरेर आम्दानी गर्ने महिला हुनुहुन्छ, घोराही उपमहानगरपालिका–१३ बडहरा निवासी दिलकुमारी पुन । विगत १८ वर्षदेखि अल्लो धागो तथा कपडा उत्पादनमा संलग्न पुनले विगत सात वर्षदेखि घोराहीमा विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग स्थापना गरेर व्यावसायिक रूपमा अल्लो धागो तथा कपडा उत्पादनको काम गर्दै आउनुभएको छ । २०५७ मा रुकुमबाट दाङ झरेकी पुनले २०६२/६३ सालदेखि अल्लो धागोसम्बन्धी काम गर्दै आउनुभएको छ ।
एघार खर्ब ५९ अर्ब ८५ करोड रुपियाँ तरलता प्रशोचन
चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा बैङ्क तथा वित्तीय संस्थाले ११ खर्ब ५९ अर्ब ८५ करोड रुपियाँ कारोबारमा आधारित तरलता प्रशोचन गरेका छन् । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत पाँच खर्ब ६१ अर्ब ४१ करोड गरी कुल पाँच खर्ब ६२ अर्ब ६१ करोड कारोबारमा आधारित तरलता उपयोग गरेका छन् ।
मकैमा दाना नलागेपछि किसान मारमा
मकैको घोगामा दाना नलागेपछि सर्लाहीको बागमती र बरहथवा नगरपालिकाका किसान मारमा परेका छन् । ‘मकै जोन’ अन्तर्गत पर्ने यी दुई पालिकाका अधिकांश किसानले यो वर्ष भारतीय बिउ उत्पादक कम्पनी ‘नुजिभिडु सिड्स’ ले उत्पादन गरेको ८३५२ जातको हाइब्रिड मकै रोपेका थिए । गाउँकै सहकारी र विभिन्न एग्रोभेट पसलबाट मकैको बिउ ल्याएर रोपेका किसान अहिले दाना नै नभएको ‘थोते घोगा’ लागेपछि मारमा परेका हुन् ।
साढे पाँच अर्ब भित्रियो प्रत्यक्ष वैदेशिक लगानी
मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा सुधार आएको छ । चालु आवको सुरुदेखि नै मुलुकमा भित्रिने लगानी क्रमिक रूपमा सुधार हुँदै गएको हो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आवको आठ महिनामा साढे पाँच अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको तथ्याङ्क छ । आगामी वैशाख दोस्रो सातादेखि हुने लगानी सम्मेलन तयारीसँगै मुलुकमा भित्रिने विदेशी लगानीको रकम प्रत्येक महिना बढ्दै गएको छ ।
बाजुराका महिलाको आकर्षण आलु खेतीमा
पछिल्लो समय बाजुराका अधिकांश महिलाको आलु खेतीमा आकर्षण बढ्दै गएको छ।
वैदेशिक रोजगारमा समस्या परेका १९२ जनालाई क्षतिपूर्ति
वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप दुई करोड ३१ लाखभन्दा बढी राहत वितरण गरिएको छ ।
चैते धान रोप्ने क्षेत्रफल घट्दै
ल्मीमा चैते धान रोप्ने क्षेत्रफल हरेक वर्ष घट्दै गएको छ। कृषि ज्ञान केन्द्र गुल्मीको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार जिल्लामा चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको हो।
चीनमा नेपाली कन्टेनर प्रवेश
नेपाली कन्टेनरले सामान आयातका लागि चिनियाँ क्षेत्र प्रवेश पाउन थालेका छन् । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि पहिलो पटक सामान आयातका लागि नेपाली कन्टेनर चीनको स्वशासित क्षेत्र खासा बजारको रमितेमुनिसम्म जान पाएका हुन् ।
बढ्यो आन्तरिक कर्जा
चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल आन्तरिक कर्जा चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ४.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा यस्तो कर्जा ८.४ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ६.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा यस्तो दाबी २१.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा फागुनमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.७ प्रतिशतले बढेको छ ।
महिनामै बढ्यो सुनको मूल्य तोलामा सत्र हजार
बजारमा डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १७ हजार पाँच रुपियाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । फागुनको पहिलो साता प्रतितोला एक लाख १६ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य चैत अन्तिम साता बढेर एक लाख ३४ हजार रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
केयरगिभरमा इजरायल जान करार सम्झौता
सरकारले इजरायलमा सहायक श्रमिकका रूपमा केयरगिभरमा जान स्वास्थ्य परीक्षण गरेका ४२५ युवामध्ये २१ जनाको करार सम्झौता भएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलमा केयरगिभरका लागि रोजगारदाताले श्रम सम्झौता गर्न थालेपछि नेपाली युवा जान पाएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पटक पटकको आग्रहपछि इजरायल सरकारले केयरगिभरमा छनोट भएका युवालाई इजरायलमा रोजगारी दिने भएपछि जान थालेका छन् । यसअघि लट्रीमा नपरेका अहिले पुनः छनोट गरेर ४२५ युवालाई अहिले लैजान सुरु गरेको हो ।
प्रतितोला एक हजार तीन सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन पारित
खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसद्बाट पारित भएको छ । विधेयक खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८० का रूपमा कार्यान्वयनमा आउने भएको छ । ऐनका रूपमा कार्यान्वयमा आएपछि खाद्य स्वच्छता तथा गुणस्तरमा थप सुधार आउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । हालसम्म खाद्यको स्वच्छता तथा गुणस्तरको नियमन खाद्य ऐन, २०२३ ले गरिरहेको छ तर अहिलेको परिप्रेक्ष्यमा त्यो पर्याप्त नभएका कारण यो ऐन निर्माण गरिएको कृषिमन्त्री ज्वालाकुमारी साहले बताउनुभयो ।
खर्च क्षमता बढाउन जोड
अर्थमन्त्री वर्षमान पुनले खर्च क्षमता बढाउन जोड दिनुभएको छ । मन्त्रालयमा बिहीबार आगामी बजेटबारे सबै मन्त्रालयका सचिव र सुरक्षा प्रमुखसँग भएको छलफलका क्रममा उहाँले अधिकांश मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा तल रहेकाले खर्च क्षमता बढाउनुपर्नेमा उहाँको जोड थियो ।
ऊर्जा परियोजनामा उनान्सय अर्ब लगानी स्वीकृत
लगानी बोर्डले चार नयाँ ऊर्जा परियोजना विकास गर्न ९९ अर्ब १८ करोड रुपियाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बसेको लगानी बोर्डको ५७ औँ बैठकले तीन जलविद्युत् आयोजना र एक सौर्य विद्युत् आयोजनाका लागि लगानी स्वीकृत गरेको हो ।
आठ महिनामा नौ खर्ब एकसट्ठी अर्ब भित्रियो रेमिट्यान्स
आर्थिक मन्दीको सङ्केत बजारमा देखिइरहँदा राष्ट्र बैङ्कको तथ्याङ्कमा भने निरन्तर सुधार देखिएको छ । व्यापार व्यवसायमा सुस्तता, व्यापारीमा निराशा बढेको तथा उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकिरहेको अहिलेको अवस्थामा पनि बाह्य क्षेत्र निरन्तर सुधारोन्मुख रहेको राष्ट्र बैङ्कको तथ्याङ्कमा देखिएको हो । राष्ट्र बैङ्कका अनुसार शोधनान्तर स्थिति निरन्तर बचतमा रहेको छ भने विदेशी मुद्राको सञ्चिति पनि बढिरहेको छ ।
मुलुकको व्यापार घाटा नौ खर्ब २९ अर्ब
चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ ।