• १५ असार २०८१, शनिबार

मेला पालिकास्तरमै लैजाने योजना छ : श्रममन्त्री

blog

डोलप्रसाद अर्याल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

काठमाडौँ, जेठ १५ गते  । श्रमाधान तथा रोजगार मेला सातै प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म कार्यक्रम आयोजना गर्दै छौँ । यस पटक मेलालाई ‘ट्रायल भर्जन’ का रूपमा सातै प्रदेशमा गर्दै छौँ । यसको फिडब्याक हेरेर त्यसका आधारमा अर्को वर्ष कार्यक्रम गर्ने गरी बजेट व्यवस्था पनि गरेका छौँ । प्रदेश सरकार र स्थानीय सरकारलाई बजेट राख्न आग्रह गरिसकेका छौँ । 

यस पटक सात प्रदेशमा गर्ने र अर्को पटक सकिन्छ सात प्रदेशसँगै पालिकास्तरमै लैजाने योजनासहित अगाडि बढेका छौँ । यसको मुख्य उद्देश्य नेपालमा रोजगारदाता कम्पनी के कस्ता छन् । यस मेलामार्फत बहुराष्ट्र कम्पनी, नेपालका साना ठुला रोजगारदाता कम्पनी र रोजगारीको खोजीमा रहेका नागरिकमा पुलको काम गर्ने हो । जसले गर्दा बजारमा कस्तो जनशक्तिको माग हो भन्ने यथार्थ तथ्याङ्क खोज्न सहज हुनेमा विश्वस्त छौँ । मेलामा रोजगारदाता कम्पनीले आफूहरूलाई के कस्तो जनशक्तिको आवश्यकता छ भनेर आफ्ना कुरा राख्न पाउनुहुने छ ।  अर्को विदेशमा जान लागेका नागरिकलाई नठगिकन सुरक्षित तरिकाले जानका लागि मन्त्रालयले गरेका कामको पनि जानकारी दिइने छ । श्रमाधान अन्तर्गत ल्याएका कार्यक्रमको अवधारणा आमनागरिकसमक्ष पु¥याउने यस मेलाको उद्देश्य रहेको छ । यस मेलामार्फत बढीभन्दा बढी युवालाई स्वदेशमा रोजगारी कसरी बनाउन सकिन्छ साना साना स्वरोजगार कार्यक्रम गर्न सकिन्छ भन्ने नै अबको दीर्घकालीन योजना रहेको छ । 

मन्त्रालयले स्वदेशमा भएका कम्पनी आन्तरिक रोजगारी सिर्जना र स्वरोजगार बनाउने दीर्घकालीन योजना रहेको छ । यस प्रकारको कार्यक्रमले रोजगारी खोज्ने र रोजगारदाता उद्योग/प्रतिष्ठानको यथार्थ तथ्याङ्क सङ्कलन हुने छ । अर्को वर्ष तालिम दिन चाहेमा बजारको माग र नागरिकको चाहना बुझेपछि तालिम सञ्चालन गर्न सकिन्छ । यस्ता तालिमबाट रोजगार र स्वरोजगार दुवै सिर्जना गर्न सकिने अपेक्षा राखिएका छौँ ।