• ४ असार २०८१, मङ्गलबार

सुन र चाँदीको मूल्य बढ्यो

blog

काठमाडौँ,  जेठ १४ गते ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु. तीन सयले बढेको छ । आइतबार प्रतितोला रु. एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु. एक लाख ३७ हजार दुई सय कायम भएको छ । 

साथै तेजावी सुनको मूल्य प्रतितोलामा रु. तीन सयले बढेर रु. एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ । साथै चाँदीको मूल्य प्रतितोला रु. २५ ले बढेर रु. एक हजार आठ सय ८० कायम भएको छ । रासस