• १३ असोज २०८१, आइतबार

खाद्य उद्योगले कमायो साढे बयालिस लाख रुपियाँ

blog

फाइल तस्बिर ।

हुम्ला समाचारदाता

हुम्ला, जेठ १५ गते ।  जिल्लामा निजी लगानीमा स्थापना भएको सोवर्ण खाद्य उद्योगले यस वर्ष हालसम्म ४२ लाख रुपियाँ कमाइ गरेको पाइएको छ । उक्त उद्योगले जिल्लाका रैथाने बालीका विभिन्न परिकार उत्पादन गरेर राजधानी काठमाडौँ निकासी गरेर यो कमाइ गरेको हो ।

सो उद्योगका सञ्चालक मुकुन्द रोकायाले उद्योग स्थापना यता सबैभन्दा बढी यस वर्ष ४२ लाख ५५ हजार ५५० रुपियाँ कमाइ गरेर हालसम्मकै बढी कमाइ गर्न सफल भएको बताउनुभयो । उद्योग स्थापना भएको नौ वर्ष भएको छ । यसअघि उक्त उद्योगले वार्षिक १५ लाख रुपियाँसम्म कमाइ गर्दै आएको थियो । 

उहाँले यसरी झन्डै दुई सय प्रतिशत बढी कमाइ हुनुमा रैथाने बालीको परिकार उत्पादन र यसको प्रचारप्रसारले गर्दा व्यापारमा मूल्यवृद्धिका कारण भएको बताउनुभयो । उहाँको उद्योगले हुम्लाबाट काठमाडौँ निकासी गरेका रैथाने बालीका परिकारमा चिनोको चामल, बिस्कुट, उवाको सातु, कागुनोको चामल, मार्सी चामल, सिमी, उवालगायत रहेका छन् ।  

जसमा ११४ क्विन्टल चिनोको चामल, ६५ क्विन्टल सिमी र २० क्विन्टल उवा निकासी गरिएको छ । उहाँले हुम्लाबाट काठमाडौँ पठाइएको रैथाने बालीको परिकारलाई सिधै सुपरमार्केटमा पु¥याउने गरिएको बताउनुभयो । उहाँलाई काठमाडौँबाट अडर आउने र त्यसै अनुसार प्याकिङ गरेर पठाउने गर्नुभएको छ ।