दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
पाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो ।
दश करोड बढीको अवैध सामान बरामद
बाँकेमा भन्सार छली गरी भारतबाट भित्र्याइएको दश करोड बढीको अवैध सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ ।
सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ ।
‘निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न सक्दैन’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न नसक्ने बताउनुभएको छ ।
नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा यस वर्ष दुई हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा सो उत्पादन भएको हो ।
जनशक्ति अभावले खेती गर्न समस्या
गाउँमा काम गर्ने युवा जनशक्ति नहुँदा तनहुँमा खेती लगाउन समस्या देखिन थालेको कृषकले बताएका छन् । पाखुरामा बल भएका युवा विदेशमा श्रम बेच्न जाँदा गाउँमा खेतीको समयमा मजदुरको अभाव भएको हो । यहाँका फाँटमा यतिबेला आली लगाउने, छेउकुना खन्ने, हल चलाउने, बिउ काढ्ने र खेत रोप्न मजदुरको अभाव भएको छ ।
आर्थिक विकासको कार्यभार पूरा गर्न सरकार प्रयासरत
उप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत रहेको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सको मङ्गलबार आयोजित ७३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गदै परराष्ट्रमन्त्री श्रेष्ठले सरकार निजी क्षेत्रको प्रवर्धन हुने कार्यक्रममा केन्द्रित भएको बताउनुभएको हो । आर्थिक उन्नतिका लागि निजी क्षेत्रको प्रवर्धन र सुरक्षा गर्न सरकार अत्यन्तै गम्भीर रहेको उहाँले बताउनुभयो । पुँजी निर्माण, पुँजीगत खर्चमा सुधार एवं व्यापार घाटा नियन्त्रण सरकारको प्रमुख कार्यभार रहेको परराष्ट्रमन्त्री श्रेष्ठले बताउनुभयो ।
दाना नलागेको मकैबारे अनुसन्धान गर्दै विज्ञ टोली
सर्लाहीको बागमती र बरहथवाका किसानले लगाएको वर्णशङ्कर अर्थात् हाइब्रिड मकैमा दाना नलागेको सम्बन्धमा अनुगमन गर्न विज्ञसहितको टोली सर्लाही आइपुगेको छ । सर्लाहीसहित तराईका विभिन्न जिल्लाका किसानले लगाएको मकैको घोगामा दाना नलागेको पाइएपछि बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रले राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वरिष्ठ वैज्ञानिक डा. भीमनाथ अधिकारीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ । सो कार्यदलले मङ्गलबारदेखि अनुसन्धान सुरु गरिसकेको छ । सोमबार बेलुका सर्लाही आइपुगेको टोलीले मङ्गलबारदेखि बागमती र बरहथवा नगरपालिकाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीको स्थलगत अनुगमन गरी अनुसन्धान सुरु गरेको हो ।
डिजिटल पूर्वाधारमा लगानी बढाउन जोड
दूरसञ्चार र सूचना प्रविधिको उपभोग बढ्दै जाँदा सोही अनुसार राज्यले डिजिटल पूर्वाधारमा समेत लगानी बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्रविधि पत्रकार मञ्चले मङ्गलबार राजधानीमा आयोजना गरेको कार्यक्रमका सहभागीले दूरसञ्चार बजार विस्तारका लागि पनि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने धारणा राखेका हुन् । डिजिटल पूर्वाधारको अभावमा डिजिटल खाडल बढेको र त्यसले राज्यबाट प्रवाह गर्नुपर्ने सार्वजनिक सेवामा समेत असमानता देखिएको सहभागीको भनाइ छ ।
एकै दिन थपिए २३ चार्जिङ स्टेसन
बागमती प्रदेशमा २३ नयाँ चार्जिङ सञ्चालनमा ल्याइएको छ । युएस एआइडीको ऊर्जा नेपालको अनुदानसहित निजी क्षेत्रको लगानीमा तयार यी स्टेसन मङ्गलबार एकैपटक सञ्चालनमा ल्याइएका हुन् । यससँगै एउटा मोबाइल इभी चार्जिङ स्टेसन पनि उद्घाटन गरिएको छ । ऊर्जा नेपालको तीन लाख ४६ हजार अमेरिकी डलर अनुदान र निजी कम्पनीको एक लाख ८५ हजार अमेरिकी डलर लगानीमा यी फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । २३ मध्ये १७ चार्जिङ स्टेसन यात्री डिजाइन स्टुडियोले र छ वटा इ–स्टप नेपालले स्थापना गरेका हुन् । यात्रीले परीक्षण र प्रचार प्रसार प्रयोजनका लागि एउटा मोबाइल चार्जिङ स्टेसन पनि निर्माण गरेको हो । पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र काठमाडौँ उपत्यकालाई लक्षित गर्दै यी स्टेसन निर्माण गरिएका हुन् ।
महाकाली कोरिडोर बजेट अभावमा योजना सुस्त
नेपाल-भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली कोरिडोरको काम बजेट अभावले सुस्त भएको छ । कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने कोरिडोर अन्तर्गत साना र ठुला गरी २० खण्डमा ठेक्का लगाइ काम गरिएको थियो ।
सुनको मूल्य प्रतितोला एक सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ ।
धितोपत्र बोर्डको अध्यक्षका लागि छानिए पाँच जना
लामो समयदेखि रिक्त रहेको सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम छनोट भएको छ । बोर्डमा रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनोट गरिएको हो । छनोट हुनेहरूमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ हुनुहुन्छ ।
आलु खेतीमा महिलाको आकर्षण
पछिल्लो समय बाजुराका अधिकांश महिलाको आलु खेतीमा आकर्षण बढ्दै गएको छ । गाउँबस्तीमा सडक सञ्जाल जोडिएसँगै गाउँमा उत्पादित आलुले समयमै बजार पाउन थालेपछि पछिल्लो समय यहाँका महिलाको आलु खेतीप्रति आकर्षण बढ्दै गएको हो । अन्नबालीभन्दा आलु खेती गर्दा जीविकोपार्जन गर्न सहज देखिएपछि अहिले यहाँका महिलाको आलु खेतीप्रति आकर्षण बढ्दै गएको बुढीगङ्गा नगरपालिका–४, साहुबाडाकी अमृता खातीले बताउनुभयो । उहाँले भन्नुभयो, “आलु खेती गर्न खासै ज्ञान नहुँदा लगाउन मन गरेकी थिइनँ । गाउँमै प्राविधिकहरू आएर आलु खेतीसम्बन्धी विभिन्न सल्लाह सुझाव दिन थालेपछि अहिले गाउँमा आलु खेती सुरु गरेकी छु ।”
गुन्द्रुकको ‘ब्रान्डिङ’
हेटौँडा उपमहानगरपालिका–१२, घलेगाउँमा रहेको कञ्चनजङ्घा कृषि सहकारी संस्था लघुउद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि अनुज्ञापत्र प्राप्त भएको छ । लघुउद्यमीले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले दिएको सोमबार अनुज्ञापत्र उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा अनुज्ञापत्र हस्तान्तरण गर्दै नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडामा उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
लगानी सम्मेलनका लागि ऐनको प्रावधान संशोधन हुँदै
सरकारले लगानीसँग सम्बन्धित एक दर्जन कानुनी प्रावधान संशोधनको तयारी गरेको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा त्यसको वातावरण निर्माण गर्न ऐनका दर्जन प्रावधानमा संशोधन गर्न लागिएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिनुभएको हो । अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटका क्रममा उहाँले उक्त संशोधन वैदेशिक लगानी आकर्षित गर्न मात्र नभई आन्तरिक लगानीको वातावरण निर्माणका लागिसमेत भएको बताउनुभयो ।
एक वर्षमा दस प्रतिशतले बढ्यो इन्धनको मूल्य
एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा चालु आवको फागुन मसान्तसम्म अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ९.४ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ८३.९५ अमेरिकी डलरमा पुगेको छ । गत वर्ष सो अवधिमा अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल तेलको मूल्य ७६.७७ अमेरिकी डलर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्ने गर्छ ।
वैदेशिक रोजगारीका घरेलु श्रमिक महिलामा जोखिम बढ्दो
सरकारले वैदेशिक रोजगारमा घरेलु श्रमिकका रूपमा जान लगाएको बन्देजले महिला झनै जोखिममा परेको एक अध्ययनले देखाएको छ । बन्देजका कारण श्रम स्वीकृति नलिई अवैध प्रक्रिया र बाटो भएर रोजगारीमा श्रमिक गइरहेको र यसले जोखिम बढाएको आप्रवासी महिला कामदार समूह (आमकास) नेपालको अध्ययनले देखाएको हो ।
तमानखोलामा कृषि सङ्कलन केन्द्र बन्दै
बागलुङको तमानखोला गाउँपालिकामा कृषि सङ्कलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ४० लाखबाट सङ्कलन केन्द्र निर्माण गर्न थालिएको हो ।
सुनको मूल्य तोलामा छ सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ ।
मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण
कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो ।
व्यावसायिक किट विकास कार्यक्रम कार्यान्वयनमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रेसम किरा पालन, च्याउ खेती र मौरीपालनका कार्यक्रम सञ्चालनका लागि व्यावसायिक किट विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० कार्यान्वयनमा ल्याएको छ । कृषि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कार्यविधिलाई स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।
कागती खेतीबाट मनग्गे आम्दानी
मकवानपुरको मनहरी–७, रमौलीका किसान हरिशरण आर्यालले बाह्रैमास फल्ने कागती खेतीबाट मनग्गे आम्दानी गर्दै आउनुभएको छ । कृषि फार्म सञ्चालन गरी उहाँले कागती, ड्र्यागन र कुरिलोको खेती गरिरहनुभएको छ । उहाँले विषादी, रासायनिक मल र कुनै पनि प्रकारको भिटामिन प्रयोग नगरी अर्गानिक उत्पादन गरेको बताउनुभयो ।
अर्थतन्त्रका विद्यमान असहजता सुधार गर्न सरकार प्रयत्नशील
अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा देखिएका केही असहजता सुधार गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । मन्त्री पुनले आइतबार वीरगन्जमा अर्थ मन्त्रालय र वीरगन्ज उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा आयोजना गरेको राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उद्योगी व्यवसायीको जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै आन्तरिक कारणले मात्रै नभई विश्वव्यापी रूपमा देखिएको असहजतालाई सम्बोधन गर्न तथा उद्योग व्यवसायलाई चलायमान बनाउन नीतिगत निर्णय गरेर केही ऐन कानुनलाई परिमार्जित गरी बजेट विनियोजन गर्ने मनस्थितिमा सरकार रहेको बताउनुभयो ।