• १३ साउन २०८१, आइतबार

उद्यमशीलता प्रवर्द्धनका लागि छ अर्ब ५५ करोड विनियोजन

blog

बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षको बजेटमा उद्यमशीलता प्रवर्द्धनका लागि छ अर्ब ५५ करोड रुपियाँ रकम विनियोजन गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनका अनुसार एक अर्बको नेपाल स्टार्ट अप कोष खडा गरिएको छ ।  

युवाको उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न प्रत्येक प्रदेशमा बिजनेस इन्कोभेसन सेन्टर सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । 

बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिनेछ ।

विभिन्न सम्झौता कोषको रकम प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डको इकाईमा लगानी गर्ने व्यवस्था मिलाइनेछ ।

घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारीकरण तथा बिक्री गर्न कानुनी व्यवस्था मिलाइनेछ ।