• १३ साउन २०८१, आइतबार

बजेटको आकार ६.२ प्रतिशतले बढ्यो

blog

बजेटको प्रस्तुति अगाडि अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ

काठमाडौँ, जेठ १५ गते। सरकारले आगामी  आर्थिक वर्षमा १२ खर्ब ६० अर्ब ३०  करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ।

मंगलबार सङ्घीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन बजेटमा १२ खर्ब ६० अर्ब ३० करोड रुपियाँ राजश्व सङ्कलन गरिने बताउनुभएको हो। 

उहाँले कुल विनियोजनमध्ये चालुतर्फ  ११ खर्ब ४० अर्ब  ६६ करोड अर्थात् ६१.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब  २८ करोड अर्थात् १९.७४ प्रतिशत रहेको  बताउनुभयो।

उहाँले खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी रहेको उल्लेख गर्नुभयो। 

उहाँले कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब ८७ करोड विनियोजन रहेको बताउनुभयो। 

उहाँले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३०  करोड र वैदेशिक अनुदानबाट  ५२ अर्ब ३३ करोड व्यहोर्दा  ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुने उल्लेख गर्नुभयो। 

उहाँले न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट  २ खर्ब १७ अर्ब ६७ करोड जुटाइने बताउनु भयो। उहाँले राजश्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने उल्लेख गर्नुभयो।