• २७ मङ्सिर २०८२, शनिबार

अध्यक्षमा अक्षय

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २७ गते । व्यावसायिक घराना गोल्यान ग्रुपको अध्यक्षमा अक्षय गोल्यान चयन हुनुभएको छ । शुक्रबार सम्पन्न गुरपको वार्षिकोत्सवमा अध्यक्षमा गोल्यान चयन हुनुभएको जनाइएको छ । पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष वासुदेव गोल्यानले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको जानकारी दिनुभयो । 

अक्षय गोल्यान अब ग्रुपको अध्यक्ष र प्रबन्ध निर्देशकको भूमिकामा रहनुहुने छ । अक्षयले स्पेनको इएसएडी युनिभर्सिटीबाट बिजनेस स्टडिजमा स्नातकोत्तर गर्नुभएको छ । अध्ययनपछि नौ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका उहाँले ग्रुप अन्तर्गतका अन्य कम्पनीलाई समेत प्रत्यक्ष नेतृत्व प्रदान गरिसक्नुभएको छ । 

गोल्यान ग्रुपले नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा लगानी गरेको छ । छ दशक लामो इतिहास बोकेको ग्रुपमा करिब १० हजार कर्मचारी कार्यरत छन् ।