• १३ साउन २०८१, आइतबार

सरकारी डेटा सेन्टरको स्तरोन्नति हुने

blog

बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ

काठमाडौँ ,जेठ १५ गते ।  सरकारले सरकारी डेटा सेन्टरको स्तरोन्नति गर्ने भएको छ । 

 अर्थमन्त्री वर्षमान पुनले  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा सरकारी डेटा सेन्टरको स्तरोन्नति गरिने बताउनुभएको हो । 

अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सरकारी डेटाहरु सुरक्षित गरिँदै आएको छ । जसको हेटौँडामा डिजास्टर रिकभरी सेन्टर स्थापना भएर सञ्चालनमा  छ ।