प्रतितोला चार सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु चार सयले घटेको छ ।
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गर्नुभएको छ । व्यावसायिक च्याउखेतीमा लाग्नुभएका चौधरीले गाउँमा नमुना किसानको परिचय बनाउनुभएको छ ।
लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता आउने
अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिनुभएको हो । अर्थ मन्त्रालयमा भएको भेटमा राजदूत थम्प्सनले लगानी सम्मेलन सफल पार्न आफूहरूको तर्फबाट सहयोग हुने बताउनुभयो । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास विभिन्न विकास परियोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नेबारे छलफल भएको थियो ।
लगानी दस लाख, असुली त्रिचालिस लाख
नवलपुर प्रहरीले जिल्लामा मिटरब्याजको समस्या निकै जटिल र चुनौतीपूर्ण देखिएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीले गोरखापत्रसँग कुरा गर्दै मिटरब्याजी र अनुचित लेनदेनको कारोबारीको जालो फैलिएको भन्दै समस्या समाधानमा प्रहरी निर्मम भएर लागेको बताउनुभयो ।
प्रतिव्यक्ति आय साढे दुई हजार पुर्याउने लक्ष्य
गण्डकी प्रदेश सरकारले आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय दुई हजार पाँच सय डलर पु¥याउने लक्ष्य लिएको छ । ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सम्मानित प्रदेशवासी’ भन्ने लक्ष्यसहित तयार गरिएको पञ्चवर्षीय योजना पूरा हुँदा प्रदेशवासीको प्रतिव्यक्ति आयसहित अर्थतन्त्रका धेरै पक्षमा उल्लेख्य सुधार गर्ने योजनाको लक्ष्य छ ।
विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान
सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल ९रासायनिक पदार्थ प्रयोग नभएको० हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा हुनुहुन्छ ।
मुआब्जा वितरण अन्तिम चरणमा
कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रशासनले सूचना प्रकाशन गरेर अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण सकिने अवस्थामा रहेको जनाएको छ । प्रशासनले चरण, चरणमा गरी २०७६ देखि जग्गाको लगत कट्टा गरेका जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आएको छ ।
चियाको पहिलो टिपाइ सुरु
चिया उत्पादनको मुख्य क्षेत्र रहेको इलाममा ‘फस्र्ट फ्लस’ अर्थात् चियाको पहिलो टिपाइको काम सुरु भएको छ । वर्षभरिको उत्पादनमध्ये गुणस्तरीय मानिने पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वका साथ लिने गर्छन् । चिया टिपाइ सुरु भएसँगै सूर्योदय नगरपालिकास्थित सुन्दरपानीको गोर्खा टी स्टेटले केही दिनअघिदेखि तयारी चिया बनाउन थालेको छ । जिल्लाका अन्य केही कारखानाहरूले पनि आइतबारदेखि चिया प्रशोधन सुरु गरेको जनाएका छन् ।
पच्चिस देशमा पुग्छ नेपाली छुर्पी
दुग्धजन्य उत्पादन विदेश निर्यात समस्याका रूपमा देखिएको खोरेत रोग नियन्त्रण गर्न कोशी प्रदेश सरकारले रणनीतिक योजना अगाडि सार्ने तयारी गरेको छ । पशुमा देखिने भाइरसजन्य खोरेत रोग नियन्त्रण गर्न प्रदेश सरकारले विशेष क्षेत्र बनाएर अभियान सुरु गर्ने तयारी गरेको छ । खोरेत रोगबाट बर्सेनि हजारौँ पशु सङ्क्रमित हुने र त्यसले मानव जीवनमा समेत असर गर्ने भएकाले खोरेत सङ्क्रमित पशुको दुध र त्यसबाट उत्पादित वस्तुलाई स्वस्थकर मानिँदैन । त्यस्ता वस्तुको निर्यातले रोगको प्रसार हुन सक्ने भएकाले विकसित मुलुकहरू बढी संवेदनशील हुँदा नेपालबाट दुधजन्य वस्तुको निर्यातमा बाधा पुगिरहेको छ ।
बजेट मस्यौदा लेखन सुरु
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनीराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गर्नुभएको थियो । सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहनुभएको समितिले मस्यौदा लेखन सुरु गरेको हो । बजेट लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन अर्थ मन्त्रालयले आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरूपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।
खुम्बु पासाङल्हामुले उठायो आठ महिनामा छ करोड राजस्व
सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा पर्यटकबाट छ करोड ३४ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ ।
लगानी सम्मेलनमा अमेरिकी चेम्बर अफ कमर्स सहभागी हुने
अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ ।
पर्सामा सवारी साधनको जरिवानाबाट डेढ करोड राजस्व उठ्यो
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा सवारी साधनको जरिवाना बापत डेढ करोडभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।
एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बन्दै
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी सरकारले नीति बनाउने बताउनुभएको छ ।
रोङ गाउँपालिकामा तीतेपाती खेती गरिँदै
कृषि क्षेत्रको व्यावसायिकता लागको इलामको रोङ गाउँपालिकाले तीतेपाती खेती बिस्तार गर्ने भएको छ । किसानलाई बाँदर, बँदेल लगायतका वन्यजन्तुले दुःख दिइरहेको बेला गाउँपालिकाले अन्य खेतीको विकल्पका रूपमा व्यावसायिक पाती खेती गर्न लागेको हो ।
दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक छ दशमलव २६ अङ्कले ओरालो लागेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घटेर दुई हजार १२ दशमलव ०७ अङ्कमा सीमित भएको छ ।
इलाममा ‘अन्तु पर्यटन महोत्सव’
स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका-४ स्थित श्रीअन्तुमा पर्यटन महोत्सव हुने भएको छ । नयाँ वर्षका अवसरमा यही चैत २८ गतेदेखि आगामी वैशाख १ सम्म ‘अन्तु पर्यटन महोत्सव-२०८१’ को आयोजना हुने भएको हो ।
‘हुण्डी कारोबार नियन्त्रण गर्नसके अर्थतन्त्र चलायमान हुन्छ’
बाह्य विप्रेषक (रेमिट्यान्स) कम्पनी सञ्चालकले वैदेशिक रोजगार वा व्यवसायमा रहेका व्यक्तिको आम्दानी वैधानिक माध्यमबाट पठाइ मुलुकको राजस्व वृद्धि गर्न हुण्डी कारोबारलाई निस्तेज तुल्याउन पर्ने आवश्यकता औँल्याउनुभएको छ ।
सहकारी सकस : ‘जनताको पैसामा अपराध गर्ने अधिकार कसैलाई छैन’
पछिल्लो समय सहकारीप्रतिको जनविश्वास घट्दै गएको चर्चा हामीले छरछिमेक, बजारमा सुन्न पाउँछौं ।
कृषि विकासमा महिलाको भूमिका वृद्धि
नेपाल उद्योग परिसङ्घ अन्तर्गतको महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सो सम्मेलनमा उठेका विषयवस्तुलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरम सभापति छाया शर्माले बताउनुभयो । नीतिगत सुधारका लागि सो घोषणापत्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायतका सरोकारवाला निकायसमक्ष पेस गर्ने उहाँले बताउनुभयो ।
करको जोखिम भार हेर्न छुट्टै निकाय जरुरी
करको जोखिम भार हेर्न छुट्टै निकाय जरुरी रहेको सरकारकै प्रतिवेदनले निष्कर्ष निकालेको छ । कर प्रणालीमा समयानुकूल संशोधनका लागि सरकारले गठन गरेको कर प्रणाली सुधार उच्चस्तरीय समितिले तयार गरेको प्रतिवेदनले सोसहित राजस्व न्यायाधिकरणको विद्यमान संरचनामा पनि परिवर्तन जरुरी रहेको उल्लेख गरेको छ । समितिले आइतबार अर्थमन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरेको प्रतिवेदनले पछिल्लो दशकमा राजस्व वृद्धि हुन नसक्नुमा छुट पनि एउटा कारण रहेकाले राजस्व छुट नभई करको दायरा बढाउने र कर घटाउने नीति श्रेयस्कर हुने सुझाव दिएको छ ।
वैदेशिक रोजगारीको अँध्यारो पाटो, ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढ्दो
वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा ठुलो टेवा मिलेको भनिरहँदा विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाएका छन् । आव २०७९/८० मा एक हजार २०८ जनाले ज्यान गुमाएका थिए । जुन सङ्ख्या गत आवको तुलनामा चालु आवको आठ महिनामा ४७ जनाले बढी हो ।
बिमा व्यवसायमा सङ्कुचन
मुलुकको अर्थतन्त्रमा सुस्तता आएसँगै यहाँ सञ्चालित बिमा कम्पनीको व्यवसाय वृद्धिमा सङ्कुचन आइरहेको छ । अर्थतन्त्रको प्रभावले अन्य क्षेत्रजस्तै पछिल्लो समय बिमा कम्पनीको व्यवसायमा पनि बिस्तारै सङ्कुचन आउँदै गएको हो । जीवन बिमा लेख सङ्ख्यामा आएको गिरावट र निर्जीवन बिमा कम्पनीको बिमा शुल्क सङ्कलनमा पछिल्लो समय कमी आइरहेको छ । कम्पनीहरूको बिमा शुल्क आर्जनको दर सामान्य वृद्धि देखिए पनि समग्र व्यवसायको वृद्धिमा सङ्कुचन आइरहेको छ ।
हरित ऊर्जामा नयाँ अध्याय, हाइड्रोजनबाट चल्यो कार
नेपालमा उत्पादित हाइड्रोजनबाट पहिलो पटक सवारीसाधन सञ्चालनमा आएको छ । देशभित्रै उत्पादित हाइड्रोजन इन्धन कारमा भरेर धुलिखेलमा सञ्चालनमा ल्याइएको हो । काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ स्टेसन निर्माण गरी हाइड्रोजन इन्जिनयुक्त कारमा आइतबार हरित हाइड्रोजन भरेर गुडाएको हो । इलेक्ट्रोलाइसिस पद्धतिमार्फत पानी खण्डीकरण गरी हाइड्रोजन उत्पादन गरिन्छ । उत्पादित हाइड्रोजन करिब दुई दिनसम्म भण्डारण गर्न सकिन्छ । अहिले करिब ४० देखि ४५ युनिट विद्युत् खपत गरी १० लिटर पानी खण्डीकरण गरी दुई किलो हाइड्रोजन उत्पादन गरिएको छ ।