• २ असार २०८१, आइतबार

रावा बैङ्कको सिइओमा खनाल

blog

काठमाडौँ, जेठ ११ गते । राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देवेन्द्ररमण खनाल नियुक्त हुनुभएको छ ।

बैङ्कको सिइओबाट किरणकुमार श्रेष्ठको कार्यकाल सकिएपछि सिइओ पद खाली थियो । सिइओका लागि छनोटमा परेका पाँच जनामध्येबाट राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।

सिइओका लागि १९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये अन्तर्वार्ताका लागि कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शङ्कर केसीसमेत पाँच  जना छानिएका थिए ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खनालले व्यवस्थापनमा स्नातकोत्तर, कानुनमा एलएलबी गर्नुभएको छ ।