तोलामा एक हजार एक सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा रु एक लाख २७ हजार नौ सय तोकिएको छ ।
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गर्नुभएको छ ।
एकतिस मेगावाट सोलार रुफटप जडानको लक्ष्य
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले निजी तथा आवासीय विद्यालयमा सोलार रुफटप जडान गर्ने योजना अघि सारेको छ । खनिज इन्धन खपत कम गर्ने तथा हरित ऊर्जा प्रवर्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम गर्न लागिएको केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालका अनुसार अहिले ३१ मेगावाट सौर्य रुफटप प्रणाली जडान गर्ने लक्ष्य राखिएको छ । यसका लागि केन्द्रले निजी तथा आवासीय विद्यालयको सङ्गठन प्याब्सनसँग छलफल अगाडि बढाएको छ । “लक्ष्य हासिलका लागि प्याब्सनसँग आबद्ध करिब सात हजार विद्यालय सौर्य रुफटप प्रणाली जडान गर्न सम्भाव्य देखिएको छ,” ढकालले भन्नुभयो, “‘रुफटप प्रणाली जडानले उद्योग व्यवसायमा दैनिक रूपमा हरित ऊर्जाको उपयोगबाट कार्बन उत्सर्जन न्यूनीकरणमा सघाउ पुग्छ ।”
चैते धान रोपाइँको चटारो
पॉचथरका किसान यतिबेला चैते (बर्से) धान रोप्न व्यस्त छन् । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । फागुन अन्तिम साता सुरु भएको रोपाइँ चैत महिनाको अन्त्यसम्म जारी रहन्छ । कोही खेत जोत्न, कोही हिलोआली गर्र्न, दाँते र फ्याउरी लगाएर हिलो माटो मिलाउन त कोही बिउ काढ्न व्यस्त छन् ।
दक्षिण कोरियाको ई–७ भिसा विषयमा छलफल
दक्षिण कोरियाली पक्षबाट ई–७ भिसामा नेपाली श्रमिक दक्षिण कोरिया पठाउने सम्बन्धमा श्रम, रोजगार मन्त्रालय भएका निर्णय र सञ्चारमाध्यममा आएका विषयप्रति चासो व्यक्त भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँगको भेटमा दक्षिण कोरिया राजदूत पार्क टाई योङ्गले यस्तो चासो व्यक्त भएको हो ।
विदेशमा समस्यामा परेका श्रमिकको तथ्याङ्क खोजिँदै
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिकको यथार्थ तथ्याङ्क उपलब्ध गराउन राजदूतावासलाई पत्राचार गरेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशमा समस्यामा परेका नेपाली श्रमिकको यथार्थ तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएसँगै बोर्डले ३१ देशमा रहेका दूतावासलाई पत्राचार गरेको हो ।
सोह्र प्रतिशतले घट्यो खाद्यान्न आयात
मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा खाद्यान्न (चामल, धान, मकै गहुँ, जौ, कोदो) आयात १६ प्रतिशतले घटेर ३२ अर्ब २९ करोड ९६ लाख रुपियाँ बराबरको आयात भएको छ । गत वर्ष सो अवधिमा ३८ अर्ब ८३ करोड ८५ लाख ७५ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा छ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात कम हो । मुलुकमा अधिकांश वस्तुको आयात घटिरहेका बेला खाद्यान्नको आयातमा समेत कमी आएको हो । गत वर्षको तुलनामा चामल, धान र मकैको आयातमा कमी आएको छ । आन्तरिक उत्पादन वृद्धिसँगै बजारमा खाद्यान्नको माग कम हुँदा आयातमा समेत कमी आएको हो ।
सरकारीको रकम हिनामिना गर्ने १०५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कर्णाली प्रदेशमा सरकारीको रकम दुरुपयोग गरेको आरोपमा १०५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी
पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली सामानको प्रवर्द्धनका लागि सहकार्य गर्ने
गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालयअन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो
गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ ।
चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो
धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो ।
ऊर्जा क्षेत्रमा लगानी बढाउन आग्रह
नेपाल विद्युत् प्राधिकरणले नेपालको ऊर्जा क्षेत्रलाई अझै गतिशील र तीव्र विकास गर्न विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तार कार्यमा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह गरेको छ । एआइआइबी सञ्चालक समितिका सदस्य आर. एम. पी. रथनायक नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम, पुनर्संरचना गरी लैजाने तयारी
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यक्रमको निर्देशिका अनुसार आउँदो आवदेखि पुनर्संरचना गर्ने तयारी गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विगत छ वर्षदेखि सञ्चालित कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको भनेर चौतर्फी आलोचना भएपछि आगामी वर्षदेखि यसको ढाँचा परिवर्तन गरी सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेर कार्यान्वयनमा ल्याउन लागेको छ ।
श्री एयरलाइन्सको जहाज थप
श्री एयरलाइन्सले क्यानडाको दी हाभिल्यान्ड अफ क्यानडा (तत्कालीन बम्बार्डियर) ले निर्माण गरेका ८० सिट क्षमताका दुई वटा जहाज नेपालमा भित्र्याएको छ । यसअघि कम्पनीले आठ वटा जहाज र आठ वटा हेलिकोप्टरमार्फत हवाई सेवा दिँदै आएको थियो । नयाँ जहाज भित्रिएसँगै कम्पनीसँग वायुयानको सङ्ख्या १८ पुगेको छ ।
खुल्यो वसन्तको आरोहण अनुमति
पर्यटन विभागले वसन्त ऋतुमा हुने हिमाल आरोहण गर्न अनुमति दिन सुरु गरेको छ । आरोहणका लागि उपयुक्त सिजन मानिने वसन्त याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणको अनुमति दिन सुरु गरिएको हो । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङका अनुसार मङ्गलबारसम्म विभिन्न पाँच वटा हिमाल आरोहणका लागि सात समूहका ४६ जनाले अनुमति लिएका छन् । उहाँका अनुसार सगरमाथासहित अन्नपूर्ण पहिलो, हिमलुङ, जुगल र अमादब्लम आरोहणको अनुमति लिएका हुन् ।
नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् : परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको र कानुनी एवं प्रक्रियागत सरलता कायम गरेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ ।
भीर मौरीको महको माग बढ्यो
पछिल्लो समय भीर मौरीको महको माग बढ्न थालेको छ। ताप्लेजुङका स्थानीय व्यवसायीका अनुसार विगतमा भन्दा अहिले भीर मौरीको महको माग बढ्न थालेको हो।
गुल्मीका स्थानीय तहलाई एक अर्बभन्दा बढी अनुदान
गुल्मीका स्थानीय तहले एक अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नेपाल सरकारबाट हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम निर्धारण गरी सार्वजनिक गरेको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। मङ्गलबार नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो।
९.७ मेगावाटको इङवा जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा
इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात् शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको छ ।
मर्स्याङ्दी जलविद्युतको उत्पादन ३९ मेगावाट घट्यो
तनहुँको आँबुखैरेनी गाउँपालिका –४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत् उत्पादन ठुलो परिमाणमा घटेको छ । यस वर्ष लामो समय सम्म पानी नपरेकोले ठुलो परिमाणमा उत्पादन घटेको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले जानकारी दिनुभयो ।
कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ ।
ताप्लेजुङका स्थानीय तहले साढे ९३ करोड अनुदान पाउने
ताप्लेजुङका स्थानीय तहले आगामी आर्थिक वर्षमा साढे त्रियानब्बे करोड रुपियाँ बढी अनुदान रकम पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आव २०८१-८२ का लागि नेपाल सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान रकमको विवरण सार्वजनिक गरेको हो ।