नेप्से परिसूचकमा १७ दशमलव ३० अङ्कको गिरावट
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ ।
लाहा खेती
विशेष रुखका नरम हाँगामा टाँसिएर त्यही हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्ने परजीवीलाई लाहा भनिन्छ । लाहाका प्रकार क) भाले लाहा
सबैले स्वामित्व लिन सक्ने कार्यक्रम बजेटमा समेट्न निर्देशन
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा गर्ने बारे निर्देशन दिनुभएको छ । शनिबार अर्थसचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकसमेतको बैठकमा उहाँले बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिनुभएको हो । सो क्रममा उहाँले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा समेट्न निर्देशन दिनुभयो ।
लगानी सम्मेलनको तयारी तीव्र, चालिस देशका राजदूतसँग छलफल
सरकारले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीका कामलाई तीव्रता दिएको छ । खास गरी लगानी सम्मेलनमा प्रतिष्ठित र सम्भावित लगानीकर्ता भित्र्याउने उद्देश्यसहित अर्थ मन्त्रालयले नेपालस्थित दातृ निकायका प्रमुख र विभिन्न मुलुकका राजदूतसँग भेटघाट र छलफललाई निरन्तरता दिइरहेको छ ।
हर्टिकल्चर एक्स्पोमा पैँतिस लाखको कारोबार
नर्सरी व्यवसायी सङ्घको आयोजनामा दुई दिनदेखि जारी नेसनल हर्टिकल्चर एक्स्पो–२०८० लाई १५ हजार जनाले अवलोकन गरेका छन् भने ३५ लाख रुपियाँ बराबरको करोबार भएको छ । शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको सो एक्स्पोमा पुष्प र नर्सरीका विभिन्न स्टल राखिएका छन् । अवलोकतनकर्ताले सबभन्दा जडीबुटीमा चासो लिएको संघका अध्यक्ष रामजी तिमिल्सिनाले जानकारी दिनुभयो । जडीबुटीको बोटबिरुवाप्रति अवलोकनकर्ताले बढी चासो लिएको र खरिद पनि गरेको उहाँले बताउनुभयो । चैत १९ गतेसम्म चल्ने एक्स्पोको वन तथा वातावरणमन्त्री नवलकिशोर साहले उद्घाटन गर्नुभएको थियो ।
बनेपामा शुक्रबारे हाटबजार
बनेपा नगरपालिका-४ नालाका रिया श्रेष्ठले पहिलो दिन करिब ८० किलोभन्दा बढी ब्रोकाउली बिक्री गर्नुभयो ।
हराउँदै सहकारी बचत खोज्दै सदस्य
बाजुराका स्थानीयको आर्थिक अवस्थालाई मजबुत बनाउने उद्देश्यले सञ्चालित जिल्लाका अधिकांश सहकारी संस्था पछिल्लो समय हराउन थालेका छन् ।
चैते धान उत्पादनमा जोड
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादनमा जोड दिएको छ । त्यसका लागि विभिन्न कार्यक्रम अगाडि बढाउने भएको छ । यसै क्रममा सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले मूल्य तोकेको हो । १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुई हजार ७०७ रुपियाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
सहकारीको नियमन गर्न स्वायत्त निकाय गठनको सुझाव
कमजोर नियमनको फाइदा उठाउँदै सहर केन्द्रित केही सहकारीले सदस्यको बचत दुरुपयोग गर्ने क्रम बढ्दै गएपछि सरकारले दोस्रो तहको नियामक गठन गर्ने प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यसका लागि सैद्धान्तिक सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई नियमन गर्न शक्तिशाली नियामक गठन प्रक्रिया अघि बढाइएको बताउनुभयो । शुक्रबार सहकारी विभागसँगको सहकार्यमा नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आयोजना गरेको ‘सहकारीमा दोस्रो तहको नियामक आवश्यकता र औचित्य’ विषयक छलफल कार्यक्रममा सहकारीलाई नियम अनुसार चलाउन कठोर नीति लिनुपर्ने मन्त्री अधिकारीले बताउनुभयो ।
श्रमिक समर्पित शय्याको व्यवस्था गर्न आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित शय्याको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालमा निश्चित शय्या तोक्ने व्यवस्था गरिदिन पत्रमार्फत स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो । श्रमिकमा स्वास्थ्यसम्बन्धी चेतनाको अभाव रहेको भन्दै श्रम मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग गम्भीर प्रकृतिका स्वास्थ्य समस्याबाट गुज्रिन बाध्य श्रमिकको उपचारका लागि विशेष सहुलियतसहित छुट्टै शय्याको व्यवस्था गर्न आग्रह गरेको छ ।
बजेट लेखन समिति गठन
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट लेखन समिति गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता : डा.सापकोटा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटाले अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता भएको बताउनुभएको छ ।
क्रिप्टो संस्थापक ब्याङ्म्यान-फ्राइडलाई २५ वर्ष जेल सजाय
क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान-फ्राइडलाई अमेरिकी अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ ।
सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन
जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् । कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार वि.सं.२०७९ मङ्सिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो ।
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका दुई मुद्दामध्ये एउटाको मिलापत्र भएको हो ।
सुनको मूल्य दुई हजार एक सयले बढ्यो
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु. दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।
किसानलाई स्याउका बिरुवा र तरकारीको बिउ वितरण
बेरोजगार किसानलाई स्याउका बिरुवा, औजार र तरकारीको बिउ सहयोग गरिएको हो । व्यावसायिक फलफूल खेतीका साथै किसान तरकारी खेती गर्नका लागि ती सामग्री निःशुल्क प्रदान गरिएको हो । सिमकोट गाउँपालिका–५ का किसान जय रावतले स्याउका बिरुवा, हजारी गार्डेन पाइप र तरकारीको बिउ सहयोग उपलब्ध भएको बताउनुभयो । उहाँले आफू जस्तै छनोटमा परेका किसानले बिरुवा, बिउ र सामग्री निःशुल्क पाएको बताउँदै त्यसबाट व्यावसायिक खेतीतर्फ आफू लागेको बताउनुभयो ।
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
ताप्लेजुङका गाउँमा नै अल्लो प्रशोधन गरी कपडा उत्पादन गर्न थालिएको छ । जङ्गलमा खेर गइरहेको अल्लो सङ्कलन गरी गाउँमै प्रशोधन गरेर धागो र कपडा उत्पादन गर्न थालिएको हो । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय र सम्बन्धित स्थानीय तहको सहयोगमा गाउँमा अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादन गरिँदै आएको छ । अल्लो प्रशोधन गर्ने उपकरण र कपडा बुन्ने (निर्माण गर्ने) तानलगायतका सामग्री घरेल तथा साना उद्योग कार्यालय र स्थानीय तहले उपलब्ध गराएपछि गाउँमै धागो र कपडा उत्पादन गर्न थालिएको हो ।
नेपाल–दक्षिण कोरियाबिच सिधा उडानमा जोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्र्याउन काठमाडौँ–कोरिया सिधा उडान थप प्रभावकारी हुने बताउनुभएको छ । कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) स्थापनाको सातौँ वर्षिकोत्सव तथा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
जलवायु परिवर्तनबाट कृषिमा पर्ने प्रभाव न्यूनीकरणमा सहकार्य
जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावबारे नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र कोरियाका कोपिया सेन्टरबिच सहकार्य हुने भएको छ । नार्क अन्तर्गतका राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका वैज्ञानिक र कोरियाका कृषि मन्त्रालय अन्तर्गतको कोपिया सेन्टरका वैज्ञानिकबिच भएको छलफल छ । सो छलफलका आधारमा जलवायु अनुकूलन प्रविधि विकासमा सहकार्य गर्न सहमति भएको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा. ध्रुवराज भट्टराईले बताउनुभयो ।
रसियाका लागि श्रम स्वीकृति खुला
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुस (रसिया) मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गरेको छ । युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा आएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय भएको वैदेशिक रोजगार विभागले विज्ञप्तिमार्फत जानकारी गराएको हो । विभागका अनुसार गत पुस १९ देखि रसियामा पठाउने श्रम स्वीकृति रोकिएकामा फागुन ९ गते पुनः श्रम स्वीकृति र चैत १६ गतेदेखि संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको छ ।
१५ सहकारीको १७ अर्ब अपचलन
सङ्घीय सरकार मातहत दर्ता भएका १५ वटा सहकारी संस्थाले बचतकर्ताको १७ अर्ब १९ करोड रुपियाँभन्दा बढी हिनामिना गरेको पाइएको छ । देशभरिका पाँच सयभन्दा बढी सहकारी सङ्कटग्रस्त स्थितिमा छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पछिल्लो तथ्याङ्कले सो बचत रकम हिनामिना भएको देखाएको हो । समितिका सदस्य सचिव केशवप्रसाद पौडेलका अनुसार सात हजार ६३५ बचतकर्ताले बचत रकम फिर्ता गरिनुपर्ने मागसहित समितिमा उजुरी दिएका छन् ।
चार्जिङ स्टेसनमा लगानी बढाउन लगानीकर्तालाई कुलमानको आह्वान
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा लगानी बढाउन लगानीकर्तालाई आह्वान गर्नुभएको छ।
नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ ।