नेप्से परिसूचकमा झिनो गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा सीमित भएको छ ।
ऊर्जा क्षेत्रका चार आयोजनामा ९९ अर्ब २० करोड बराबरको लगानी स्वीकृत
लगानी बोर्ड ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बोर्डको ५७ औँ बैठकले विभिन्न चार आयोजनाका लागि ९९ अर्ब २० करोड बराबर लगानी प्रतिबद्धता स्वीकृत गरेको हो ।
सुनको मूल्य तोलामा एक हजारले बढ्यो
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
धादिङका किसान रोपाइँमा व्यस्त
धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो । केही दिनअघि पानी परेपछि अहिले किसान खेतमा व्यस्त भएका हुन् ।
इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु
इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिनुभयो ।
बैङ्कले कर्जा नदिँदा समस्या
बैङ्क तथा वित्तीय संस्थाले कर्जा नदिँदा व्यवसायी समस्यामा परेका छन् । स्थानीय तहमा दर्ता तथा नवीकरण भएका व्यवसायीलाई बैङ्क तथा वित्तीय संस्थाले कर्जा नदिँदा व्यवसायी समस्यामा परेका हुन् । बडीमालिका नगरपालिकाले व्यवसायी दर्ता, कार्यविधि र करसम्बन्धी गरेको छलफल कार्यक्रममा व्यवसायीले स्थानीय तहमा दर्ता तथा नवीकरण भएका व्यवसायीलाई बैङ्क तथा वित्तीय संस्थाले कर्जा नदिँदा समस्या भएको बताएका हुन् ।
राजधानीवासीलाई पोखरा भ्रमणको निम्तो
नयाँ वर्षका अवसरमा ‘संस्कृति, पर्यटन र खाना’ भन्ने नारासहित पोखराको फेवाताल किनारमा फेवा नववर्ष महोत्सवको आयोजना हुने भएको छ । होटल सङ्घ पोखराको आयोजनामा यही चैत २९ देखि वैशाख १ सम्म १९ औँ संस्करणको महोत्सव आयोजना हुन लागेको हो ।
प्याजको बेर्नाबाट आम्दानी
प्याजको बेर्ना आम्दानीको स्रोत भएको छ । पछिल्लो समय प्याज खेती गर्ने किसान जिल्लामै बढेपछि किसानले बिक्री गर्ने उद्देश्यले प्याजका बेर्ना उमारेर बिक्री गर्न थालेपछि यो व्यवसाय आम्दानीको स्रोत भएको हो । जिआरपी कृषि तथा पशु अर्गानिक फार्मका सञ्चालक गगन रोकायाले दुई वर्षयता प्याजका बेर्ना बिक्रीबाट कमाई राम्रो हुने थालेको बताउनुभयो । उहाँले यतिबेला ग्रिन हाउसमा प्याजका बेर्ना उमारेर बिक्री गरिरहनुभएको छ ।
८२ थान मोबाइलसहित चालक पक्राउ
मकवानपुर प्रहरीले मनहरीबाट ठूलो परिणाममा भन्सार छलेर ल्याएको सामानसहित सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।
निर्यातमा नगद अनुदान अभाव
स्वदेशी वस्तु निर्यातमा सरकारले दिँदै आएको नगद अनुदान रकम अभाव भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको ९० करोड रुपियाँ वितरण गरिसकेकाले थप अनुदान वितरण गर्न रकम अभाव भएको हो । चालु आवको बजेटमार्फत विनियोजन गरिएको सो रकम मङ्सिर महिनामै सकिएपछि हाल वितरण कार्यसमेत रोकिएको उद्योग विभागले जनाएको छ । विभागले तीन महिनाअघि निर्यातमा नगद अनुदान वितरण गर्न अर्थ मन्त्रालयसँग एक अर्ब १० करोड रुपियाँ माग गरे पनि निकासा नहुँदा हाल वितरण कार्य रोकिएको छ ।
प्राधिकरणले आठ सय मेगावाट सौर्य विद्युत् खरिद गर्ने
नेपाल विद्युत् प्राधिकरणले आगामी दुई वर्षभित्र थप आठ सय मेगावाट विद्युत् सौर्य आयोजनाबाट खरिद गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले बोलपत्र आह्वानसमेत गरिसकेको छ । बढीमा १५० मेगावाट आयोजना एक प्रवर्धकले आपूर्ति गर्ने गरी बुधबार बोलपत्र आह्वान गरिएको प्राधिकरणले जनाएको छ ।
स्ट्रबेरी खेती फस्टाउँदो
पूर्वी नवलपरासीमा व्यावसायिक स्ट्रबेरी खेती फस्टाउँदै जान थालेको छ । तराईमा स्ट्रबेरी खेती हुन्छ, यसबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्दा, सुन्दा अचम्म लाग्न सक्छ तर जिल्लाको कावासोती नगरपालिका–७ मा यो खेती फस्टाएको छ । तीन वर्षअघिबाट यहाँ मिश्रा पराजुलीले व्यावसायिक स्ट्रबेरी खेती सुरु गर्नुभएको छ । उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । नवलपुर क्षेत्रमै पहिलो पटक व्यावसायिक रूपमा स्ट्रबेरी खेती सुरु गर्नुभएका पराजुलीले पहिलो वर्षभन्दा दोस्रो वर्ष राम्रो आम्दानी गर्न सफल भएको बताउनुहुन्छ ।
खोटाङको महुरे–फोक्सिङटार सडकमा ठेकेदारको बदमासी, ९६ करोडको कालोपत्रेकाे काम ७ वर्ष देखि अलपत्र
दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत महुरे–फोक्सिङटार सडक कालोपत्रको काम सात वर्ष देखि अलपत्र परेको छ । निर्माण कम्पनी ठेकेदार र नियामक निकाय सडक कार्यालयका कर्मचारीको वदमासीले सात वर्ष अघि ९६ करोडमा ठेक्का लगाइएको ४८ किलोमिटर कालोपत्रे सडक अलपत्र हुँदा जनताले सास्ती खेप्न बाध्य भएका छन् ।
बल्खुमा साझाको पेट्रोल पम्प चौबिसै घण्टा सञ्चालन
साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोल पम्प चौबिसै घण्टा सञ्चालन हुने भएको छ । बुधबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औपचारिक रूपमा सो पेट्रोलियम पदार्थको वितरण सुरुवात गर्नुभएको हो । सो अवसरमा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताउनुभयो । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो ।
ठेक्का सम्झौताको दुई वर्षसम्म पनि सवस्टेसन निर्माण सुरु भएन
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटमा ठेक्का सम्झौता भएको २६ महिनासम्म पनि सवस्टेसन निर्माणको काम सुरु भएको छैन । सवस्टेसनमा निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजना अन्यौलमा परेका छन् ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, साढे दुई अर्बको कारोबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ४३ प्रतिशतले घटेर दुई हजार छ दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।
सुनको मूल्यमा नयाँ रेकर्ड
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु. एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर रु एक लाख ३३ हजार तय भएको हो ।
झापाको गौरादहमा तीनवटा सहकारीमा तोडफोड र चोरी
झापाको गौरादहमा एकै रात तीनवटा सहकारीमा तोडफोड र चोरी भएको छ । सहकारी दिवसको रात दुईवटा सहकारीमा चोरी भएको हो ।
प्रसारण लाइन निर्माण प्रक्रिया प्रभावित
तनहुँको मार्की चोकबाट चितवनको आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको प्रसारण लाइन वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानलगायतका कारण निर्माण प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार वन क्षेत्रको प्रयोग तथा रुख कटानका लागि रहेको कानुनी प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण प्रसारण लाइन आयोजना समयमा निर्माण सम्पन्न हुने कुरामा आशङ्का गरिएको छ ।
आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने अनुमान
विश्व बैङ्कले चालु आर्थिक वर्षमा नेपालले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ । मुलुकको आर्थिक वृद्धिलाई पर्यटन क्षेत्रमा देखिएको पुनरुत्थान र जलविद्युत् निर्यातले मुख्य रूपमा सहयोग पुगेको बैङ्कले जनाएको छ । विश्व बैङ्कले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने ‘कन्ट्री डेभलपमेन्ट अपडेट’ ले विपे्रषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोगसमेत बढ्ने प्रक्षेपण गरेको छ । ‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र तर न्यून निजी लगानी’ शीर्षक राखिएको उक्त अपडेटले आव २०२५ मा नेपालले थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । यद्यपि यो प्रक्षेपण चुनौतीयुक्त रहेको पनि बैङ्कले उल्लेख गरेको छ ।
सहकारीको साख जोगाउन मुस्किल
‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने नाराका साथ मङ्गलबार देशभर ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । सहकारी दिवस मनाइरहँदा यता सहकारी संस्थाको साख जोगाउनै मुस्किल भएको छ । जनताको आर्थिक तथा सामाजिक रूपान्तरणका साथै गरिबी निवारणका लागि काम गर्नुपर्ने सहकारी संस्थाहरूले बचत सङ्कलन र नाफामुखी कार्यमा केन्द्रित भए पनि समस्या उत्पन्न भएको हो ।
नेपाल–चीन विद्युत् व्यापार : द्विपक्षीय सम्झौता गर्न आवश्यक
नेपालले चीनसँग विद्युत् व्यापार सम्झौताको प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ । नेपाल र चीनबिच विद्युत् आदानप्रदानका लागि २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका विषयमा दुई देशीय संयुक्त कार्यदलको बैठकमा पूर्वाधार निर्माण गर्नुपूर्व ऊर्जा व्यापारको सुनिश्चितता कायम गर्नुपर्ने देखिएको हो । दुईदेशीय विद्युत् व्यापारका लागि जेलङ/केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन निर्माण गर्ने विषयमा छलफल गर्न नेपाल विद्युत् प्राधिकरण प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ नेतृत्वको टोली चीनको राजधानी बेइजिङ पुगेको थियो ।
गर्मीसँगै खर्बुजाको व्यापार
गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन् ।
नलगाडका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो
जाजरकोटको नलगाड नगरपालिकाभित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनादेखि स्थायी स्वास्थ्यकर्मी र करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् ।