प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी सञ्चालनमा जोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न यसको ढाँचा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार श्रम मन्त्रालयको आयोजनामा रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धिका लागि आयोजित चारदिने तालिमको समापन कार्यक्रममा श्रममन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
सुन्तला राष्ट्रिय फल घोषणा, वार्षिक दुई लाख मेट्रिक टन उत्पादन
सरकारले सुन्तलालाई राष्ट्रिय फलका रूपमा घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले सुन्तलालाई राष्ट्रिय फलका रूपमा घोषणा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी गराउनुभयो । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणाका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लग्नुभएको थियो । उहाँले आफू मन्त्रीमा नियुक्त भएको दिनदेखि सुन्तलालाई राष्ट्रिय फल घोषणा गराउनमा लागेको बताउनुभयो ।
बैङ्कले घटाए ब्याजदर
पछिल्लो समय लगातार ब्याजदर घटाइरहेका वाणिज्य बैङ्कहरूले वैशाख महिनाका लागि पनि ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैङ्कले २०८१ साल वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर वैशाख महिनाका लागि ७.०६ प्रतिशत भएको छ । चैतमा औसत ब्याजदर ७.२५ प्रतिशत रहेको थियो । औसतमा हेर्दा बैङ्कहरूको ब्याजदर ०.१८ बिन्दुले घटेको छ ।
सुनको मूल्यको नयाँ रेकर्ड कायम
यो वर्ष बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । वर्षको अन्तिम दिन चैत ३० गते नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख ३९ हजार रुपियाँको रेकर्ड कायम गर्न पुगेको छ । एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ३३ हजार तीन सय रुपियाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । चालु आर्थिक वर्षको सुरुवातदेखि निरन्तर बढ्दै गएको छ । अमेरिकी फेडरल रिजर्ब बैङ्कले ब्याजदर घटाउने हल्लाले लगानीकर्ता सुनमा लगानी गर्न आकर्षित हुनु, मुद्रा स्फीति दर, केन्द्रीय बैङ्कले सुनको मौज्दात बढाएका कारणले गर्दा पनि सुनको मूल्य एक्कासि बढ्न गएको हो ।
ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो ।
२०८० मा आठ पूर्वाधार : कुनमा कति प्रगति ?
वि.सं. २०८० साल शुक्रबार सकिएको छ । देशको राजनीतिक, आर्थिक तथा विकास पूर्वाधारको क्षेत्रमा विभिन्न उतारचढाव हुँदै यो वर्ष आजबाट बिदा हुँदैछ। यो वर्ष सकिँदै गर्दा केही विकास पूर्वाधारमा प्रगति भएको छ भने केही पूर्वाधारले अपेक्षा गरेअनुसार प्रगति हासिल गर्न सकेका छैनन् ।
चैते धान प्रवर्द्धन गर्न कृषकलाई अनुदान
कृषि ज्ञानकेन्द्र तनहुँले चैते धानखेती प्रवर्द्धन गर्न कृषकलाई अनुदान दिएको छ । चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको हो ।
इलामको अन्तुमा पर्यटन महोत्सव
स्वदेशी पर्यटकको रोजाइमा परेको इलामको सूर्योदय नगरपालिकाको अन्तुडाँडामा अन्तु पर्यटन महोत्सव सुरु भएको छ। नयाँ वर्ष २०८१ सालको अवसरमा सूर्योदय नगरपालिकाले आयोजना गरेको अन्तु पर्यटन महोत्सव सांस्कृतिक तथा सांगीतिक कार्यक्रम सहित सुरु भएको हो।
सगरमाथामा आरोही घटे, बाटो निर्माण ढिलाइले आरोहण पछि सर्ने
सगरमाथामा यस वर्ष आरोहीको सङ्ख्यामा कमी आएको छ । गत वर्षको तुलनामा करिब शतप्रतिशतले आरोहीको सङ्ख्यामा कमी आएको तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी
छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ ।
माथिल्लो अरुण र दुधकोशी अघि बढाउनेबारे छलफल
सरकार र दुई ठुला जलविद्युत् आयोजना माथिल्लो अरुण र दुधकोशीका प्रस्तावित लगानीकर्ता विश्व बैङ्क र एसियाली विकास बैङ्कबिच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको छ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा बिहीबार भएको छलफलमा दुवै आयोजनाको वित्तीय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा
चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को तयारी अन्तिम चरणमा पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गर्ने तयारी भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास छ ।
कृषि वनमा कफी खेतीबारे अध्ययन
विभिन्न निकायले संयुक्त रूपमा कृषि वनमा कफी खेतीबारे अध्ययन गरेका छन् । नुवाकोट, ललितपुर, काभ्रे र सिन्धुपाल्चोकका कृषि वनमा कफी उत्पादनको सम्भावनाबारे राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल कफी महासङ्घ, इन्टरनेसनल ट्रेड सेन्टर र फ्रान्सेली कृषि अनुसन्धान तथा सहयोग संस्थालगायतले अध्ययन गरेका हुन् । नेपालले सन् २०१९ मा नै कृषि वन नीति ल्याए पनि यसको कार्यान्वयनमा देखिएका कमजोरीलाई ध्यान दिई किसानलाई कफी उत्पादनमा प्रोत्साहित गर्ने अध्ययनले देखाएको छ । अध्ययनपछि कृषि वनको अवधारणालाई कफी खेतीमा विस्तार गर्ने उपायबारे खोजी गर्न बिहीबार सरोकारवालाबिच छलफल भएको छ ।
नयाँ वर्षका लागि होटल बुकिङ उत्साहजनक
नेपाली नयाँ वर्ष २०८१ को आगमनसँगै राजधानी काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्य काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेललगायतका स्थानमा रहेका होटल तथा रिसोर्टका होटलको कोठा बुकिङ फुल भएका छन् । धुलिखेल, पनौती, बनेपामा रहेका होटल तथा रिसोर्टले नयाँ वर्षलाई लक्षित गर्दै प्याकेजहरू सार्वजनिक गरेसँग जिल्लामा रहेका अधिकांश होटलका कोठा बुकिङ फुल भएको हो ।
अर्थतन्त्रमा क्रमिक सुधार हुने प्रक्षेपण
नेपालको अर्थतन्त्रमा क्रमिक रूपमा सुधार आउने एसियाली विकास बैङ्क (एडिबी) ले जनाएको छ । एडिबीले बिहीबार सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ ले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपाली अर्थतन्त्रले बजार मूल्यमा ३.६ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो । जुन गत आवको १.९ प्रतिशतको वृद्धिदरको तुलनामा केही बढी रहेको उल्लेख गरिएको छ । मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाले बताउनुभयो ।
नयाँ वर्षका अवसरमा होमस्टेमा घुइँचो
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबिच रमाइलो गर्ने प्रचलनले नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको छ । पर्यटनका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । योसँगै नयाँ वर्षको रौनकताले यहाँका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिएको हो ।
दूधकोशी आयोजना छिटो थाल्न सरकार र लगानीकर्ता सहमत
६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना छिटो थाल्ने सहमति भएको छ। खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीमा निर्माण हुने उक्त आयोजना छिटो थाल्ने नेपाल सरकार र आयोजनाको लगानीकर्ताबिच सहमति भएको हो।
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ ।
नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण
एसियाली विकास बैङ्क (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैङ्कले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
तोलामा दुई सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ््घका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख छ हजार छ सय निर्धारण भएको छ ।
तोकियो कृषि क्षेत्रको बजेट सिलिङ
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई ५१ अर्ब ८८ करोड रुपियाँ बजेट सिलिङ तोकेको छ । आगामी आवका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि बजेट घटाउने देखिएको छ । अर्थ मन्त्रालयले तोकेको सिलिङ नै चालु आवभन्दा कम रहेको छ ।
हवाई टिकटमा भ्याट हटाउन माग
हवाई टिकटमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने निजी क्षेत्रले माग गरेको छ । नेपाल उद्योग परिसङ्घले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले पर्यटन क्षेत्रको विकासका लागि पनि यस्तो व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन् ।
कर्णालीको रैथाने उत्पादनमा आकर्षण
कर्णालीमा उत्पादन भएको रैथानी बालीको उत्पादन खरिदमा ग्राहकको आकर्षण बढ्दै गएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा उत्पादन भएको रैथाने बाली खरिद गरेर काठमाडौँमा ल्याएर बिक्री गरेको अर्गानिक उत्पादनमा ग्राहकको आकर्षण बढ्दै गएको हो । हिमाली र उच्च पहाडी जिल्लामा उत्पादन भएका खरिद गरेर बिक्री गर्ने कम्पनीको योजना अनुरूप खरिद गरेर उपत्यकामा ल्याएर बिक्री सुरु गरेको कम्पनीले जनाएको छ । स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्य अनुरूप वितरण गरिएको कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारी त्यागेर गाईपालन
कपिलवस्तु वाणगङ्गा नगरपालिका–६, भगलापुरका झविन्द्र पौडेलले गाईपालनबाट मनग्गे आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारी त्यागेर आधुनिक तरिकाले गाईपालन गर्नुभएको पौडेलले मासिक एक लाख बचत गर्दै आउनुभएको छ । पौडेलले वैदेशिक रोजगारीबाट बचत गरेको रकम लगानी गर्दै २०७५ सालबाट व्यवसाय सुरु गर्नुभएको थियो ।