नेप्से परिसूचकको ओरालो यात्रा जारी
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको छ ।
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको बताउनुभएको छ ।
सकियो आलु महोत्सव
आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका-२५ हेम्जामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ । गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म ३० लाख ६५ हजार सात सय २० को आलु बिक्री गर्दै सम्पन्न भएको हो ।
ब्याजदर घट्दा पनि बढ्न सकेन कर्जा प्रवाह
बैँकहरुको कर्जा ब्याजदर घटे पनि पर्याप्त मात्रामा कर्जा प्रवाह हुन सकेको छैन । कर्जा प्रवाह हुन नसक्दा बैँकहरुमा निक्षेप संकलन बढिरहेको छ ।
‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’
अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको छ ।
किसानको बक्यौता रकम भुक्तानी गर्दै डिडिसी
दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको बक्यौता रकम भुक्तानी गर्ने भएको छ । सहुलियत ऋणमा सरकारले दिएको ३० करोडमा १० करोड थपेर डिडिसीले ४० करोड रुपियाँ भुक्तानी गर्ने भएको छ । डिडिसीका निमित्त उपमहानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले बिहीबार (आज) देखि बक्यौता रकमको भुक्तानी सुरु गरिने बताउनुभयो ।
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
सम्राट सिमेन्ट उद्योगले करिब ६ करोड रुपियाँ विद्युत महसुल बुझाउन अनाकानी गरेपछि उद्योगमा जडान गरिएको विजुली काटिएको नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख युवराज रावतले जानकारी दिनुभएको छ।
अर्थमन्त्री पुन अमेरिकामा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त
अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरू पहिचान गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
अर्थमन्त्री पुन र विश्व बैङ्कका दुई उपाध्यक्षबिच भेटवार्ता
अर्थमन्त्री वर्षमान पुनले विश्व बैङ्कका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गर्नुभएको छ । आकिहिको निसिओ विश्व बैङ्कका विकास वित्त (डीएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुनुहुन्छ ।
स्थानीय उत्पादन र व्यवसायको प्रवर्द्धन गर्दै ‘लहान एक्सपो’
विभिन्न वनस्पतिका रेसाबाट बनेका आकर्षक ढकी, थाकलबाट बनेका घरायसी सामग्रीले आगन्तुकको ध्यान तानेका छन् । यहाँ सुरु भएको लहान एक्सपोमा राखिएका यी सामग्री सिरहाको लहान नगरपालिका-१ कि पार्वतीकुमारी चौधरीले बनाउनुभएको हो ।
भैरहवा सेजमा थप चार उद्योग
भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा थप चार उद्योग सञ्चालनको तयारीमा छन् । सेज अझै पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन तर उद्योगीले सरकारी आश्वासनका कारण उद्योग स्थापना गर्ने क्रमलाई निरन्तरता दिएका छन् । पछिल्लो पटक सेजमा सञ्चालनको तयारीमा रहेका उद्योगमा इको नेपाल इनर्जी प्रालि, आरसी इन्डस्ट्रिज प्रालि, स्पट इलेक्ट्रिक र हिमालयन ग्रेनाइट प्रालि छन् ।
कृषिमा वातावरणको प्रभावबारे अध्ययन समिति गठन
कृषि अनुसन्धान परिषद् (नार्क) ले कृषिमा वातावरणले पारेको प्रभावका बारेमा अध्ययन गर्न विज्ञहरूको एउटा समिति गठन गरेको छ । नार्क अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले बोर्लोग इन्स्टिच्युट फर साउथ एसियाका अधिकारीसँगको छलफलपछि कृषिमा वातावरणीय प्रभावबारे अध्ययन गर्न समिति गठन गरेको हो । नार्कका वैज्ञानिक डा. रोशनबाबु ओझाको संयोजकत्वमा १२ सदस्यीय समिति गठन भएको हो ।
प्राङ्गारिक मल कारखाना सञ्चालनको तयारी
पाल्पामा प्राङ्गारिक मल कारखाना सञ्चालनको तयारी भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाले स्थानीय सहकारी संस्थासँगको सहकार्यमा प्राङ्गारिक मल कारखाना सञ्चालन गर्न थालेको हो । आगामी तीन महिनाभित्र कारखाना सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम सुरु भएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । पछिल्लो समय रासायनिक मलको अत्यधिक प्रयोग बढेकाले त्यसलाई घटाउन पालिकाको लगानीमा प्राङ्गारिक मल उत्पादन कारखाना सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो ।
लगानी सम्मेलनबारे कतारको चासो
नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहमद एलएई अन्सारीले नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा चासो व्यक्त गर्नुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मङ्गलबार सिंहदरबारमा भएको भेटका अवसरमा राजदूत अन्सारीले लगानी सम्मेलनका विषयमा व्यक्त गर्नुभएको हो । भेटमा श्रममन्त्री अर्यालले नेपालले गर्न लागेको लगानी सम्मेलन विदेशी लगानीकर्तालाई लक्षित गरेर गरिएकाले कतारबाट पनि सहयोग आउनेमा विश्वास व्यक्त गर्नुभयो ।
उच्च जोखिमका क्षेत्रमा श्रमिक नपठाउन आग्रह
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्चालन (एनएनएसएम) ले द्वन्द्व प्रभावित क्षेत्रमा जोखिमपूर्ण वा उच्च जोखिमको कामका लागि नेपाली श्रमिक पठाउन रोक्न सरकारसँग आग्रह गरेका छन् । जेटियुसिसी र एनएनएसएमले मङ्गलबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जोखिमपूर्ण देशमा नेपाली श्रमिकको भर्तीलाई रोक्न माथिल्लो तहबाट तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका हुन् ।
हरियो तरकारीमा अत्यधिक विषादी
हरियो तरकारीमा अत्यधिक विषादी प्रयोग हुने गरेको पाइएको छ । पछिल्लो पटक एउटा जन्मदिनको पार्टीमा विषादीयुक्त तरकारी खाएकै कारण परिवारका सात जना बिरामी परेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगन्जका माधव रिजाल सोमबार दिनभरि नै चितवन मेडिकल कलेजमा भर्ना भएर बस्नुभयो । उहाँले आइतबार साँझ आफ्नै भाउजु कौशिला रिजालको जन्मदिनमा हाटबजारबाट खरिद गरेर ल्याएको बोडीको तरकारी खाएपछि बिरामी पर्नुभएको हो । “मलाई मात्रै हैन परिवारका सात जना सदस्यलाई झाडाबान्ता भयो । तीन जनालाई त अस्पतालमै भर्ना गरेर उपचार गरिएको हो,” उहाँले भन्नुभयो, “हामीले हाटबजारबाट ल्याएको बोडीकै तरकारीमा विषादी रहेछ थाहै भएन ।”
सङ्घीय प्रणालीका आधारमा बजेट ल्याउन सरकारलाई अर्थविद्को सुझाव
सरकारले आगामी आर्थिक वर्षको बजेट सङ्घीय प्रणालीमा रहेको अभास हुनेगरी ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन् । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको प्रि–बजेट छलफलमा अर्थविद्हरुले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।
नेप्से परिसूचक ओरालो लाग्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९१ दशमलव ७१ मा सिमित भएको छ ।
स्ट्रबेरी खेतीमा प्रेम नेपाली
गुल्मीको रेसुङ्गा नगरपालिका–६, सिमाघाटका प्रेम नेपालीले व्यावसायिक रुपमा स्ट्रबेरी खेती सुरु गर्नुभएको छ। अघिल्लो वर्ष परीक्षणको रुपमा स्ट्रबेरी खेती गर्नुभएका उहाँले बजार राम्रो पाएको हुँदा यो वर्षदेखि व्यवसायिक रुपमा नै स्ट्रबेरी खेती गरेको बताउनुभयो।
तोलामा एक हजार सात सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य प्रतितोला एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
विषादी प्रयोगले मानवीय सङ्कट
कृषिमा रासायनिक र विषादी प्रयोगले मानवको अस्तित्वमाथि नै सङ्कट आउने अवस्थाको सिर्जना हुन लागेको नेपाल तथा भारतका पर्यावरणीय कृषि अभियन्ताहरूले जनाएका छन् । खाद्यका लागि कृषि अभियानले ‘जैविक कृषिको मार्गचित्र’ बारे आयोजना गरेको कार्यक्रममा कार्यक्रममा बोल्ने वक्ताले सो धारणा राखेका छन् । भारतका लेखक एवं वातावरण अभियन्ता भरत मन्सटाले विगत पाँच दशकदेखि सुरु भएको रासायन र विषादीको दौडले मानव अस्तित्व माथि प्रश्न उठेको बताउँदै उहाँले विकसित भएको एकल बाली खेती प्रणालीले निम्ताएको जैविक विविधताको ह्रास माथि चिन्ता व्यक्त गर्नुभयो । अभियन्ता मन्सन्टाले हजारौँ खानयोग्य बाली भएको क्षेत्रमा केही बाली मात्रको प्रोत्साहन र खेतीले खाद्य सङ्कट झनै बढाउँदै लगेको बताउनुभयो ।
कृषि आधुनिकीकरण परियोजनाले उत्पादन बढ्यो
बाँके जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गर्दा किसानको उत्पादन बढ्दै गएको पाइएको छ ।परियोजना प्रभावकारी बन्दै गएपछि किसानको उत्पादन र आम्दानी दुवै बढ्दै गएको हो । परियोजना सञ्चालनमा आएपछि जिल्लाको खजुरा गाउँपालिकालगायतका पालिकामा कृषि बाली उत्पादन बढ्नुका साथै कृषकको जीवनस्तरमा सुधार आएको गाउँपालिकाले जनाएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकका अनुसार उक्त कार्यक्रमबाट तरकारी खेती गरेका किसान क्रमशः आत्मनिर्भर बन्न थालेका छन् । सो परियोजनामार्फत किसानहरू कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन् । उनीहरूले उत्पादन गरेको तरकारी तथा फलफूलको माग बाँके जिल्लामै उच्च रहेको पाइएको छ ।
घरजग्गाको कारोबारबाट चार अर्ब राजस्व सङ्कलन
घरजग्गाको कारोबारको राजस्व सङ्कलनमा वृद्धि भएको छ । पछिल्लो तीन महिनायता घरजग्गाको कारोबारमा सामान्य सुधार हुँदै गएको देखिन्छ । गत माघमा सरकारले घरजग्गा कारोबारबाट तीन अर्ब ३७ करोड ५७ लाख रुपियाँ सङ्कलन गरेको थियो भने फागुन महिनामा तीन अर्ब ५९ करोड २६ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो ।