• १३ साउन २०८१, आइतबार

नेपाल पुनर्बिमा कम्पनीको सिइओमा थापा

blog

काठमाडौँ, जेठ १९ गते । नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र थापा नियुक्त हुनुभएको छ । नवनियुक्त सिइओ थापाले शुक्रबार कम्पनीमा आयोजित एक कार्यक्रमबिच नियुक्तिपत्र तथा शपथ लिँदै पदभर ग्रहण गर्नुभयो । सिइओ छनोट तथा सिफारिस समितिले आइतबार थापालाई कम्पनीको सिइओ पदमा आगामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।

गत जेठ ११ गतेको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा बाँकी चार जना प्रतिस्पर्धीलाई पछि पार्दै थापा सिइओमा नियुक्त हुनुभएको हो । नेपाल पुनर्बिमा कम्पनीको उद्देश्य र लक्ष्यलाई अनुसरण गर्दै स्वदेशदेखि अन्तर्राष्ट्रिय बजारसम्म कम्पनीको व्यापार विस्तार गर्ने नवनियुक्त सिइओ थापाले बताउनुभयो ।

आफूले प्रस्तुत गरेको कार्ययोजनालाई गाइडलाइनका रूपमा लिएर कम्पनीलाई अगाडि बढाउने नवनियुक्त सिइओ थापाले बताउनुभयो । यसअघि थापा सरकारी स्वामित्वकै राष्ट्रिय बिमा संस्थानका पूर्वप्रशासक तथा अजोड इन्स्योरेन्सको डिसिइओ र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा महाप्रबन्धकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।