• ११ असोज २०८१, शुक्रबार

सुनको मूल्यमा झिनो गिरावट

blog

काठमाडौँ,  जेठ २१ गते ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु. एक लाख ४२ हजारमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल रु. एक लाख ४१ हजार निर्धारण भएको छ ।

यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला रु. एक लाख ४१ हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य रु. एक लाख ४० हजार तीन सय निर्धारण भएको छ । 

महासङ्घले चाँदीको मूल्य तोलामा रू. १५ ले घटेको बताएको छ । आइतबार प्रतितोला रु. एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज रु. एक हजार आठ सय ३५ मा खरिदबिक्री हुँदैछ ।   रासस