• १४ असार २०८२, शनिबार

‘गाउँबस्ती सुनसान’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १४ गते । दुर्गालाल श्रेष्ठको ‘गाउँबस्ती सुनसान’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गाउँघरको मर्म र युवा पलायनको पीडालाई प्रस्तुत गरिएको छ । ‘गाउँबस्ती सुनसान’ किन भयो ? ‘सबै गए जापान कोरिया’ । यो पङ्क्ति नेपाली गाउँको वास्तविकता बन्दै गएको गीतमा देखाइएको छ । गीतकार श्रेष्ठको पहिलो साङ्गीतिक प्रस्तुति रहेको गीतमा स्वरूपराज आचार्यको आवाज छ ।

विदेश जानुभन्दा देशमै केही गरौँ भन्ने सन्देश दिन गीत लेखेको गीतकार श्रेष्ठले बताउनुभयो ।