• १६ साउन २०८२, शुक्रबार

गमगढी–नाकच्चेलाग्न लोगमार्ग अवरुद्ध हुँदा तीर्थ यात्रुलाई सास्ती

blog

गमगढी–नाकच्चेलाग्न लोकमार्ग अवरुद्ध हुँदा हिँडेर जाँदै छायानाथधाम जाने तीर्थयात्रु । तस्बिरः हरिकृष्ण ऐडी ।

हरिकृष्ण ऐडी 

मुगु, असार १५ गते। गमगढी-नाकच्चेलाग्न लोगमार्गको छायानाथ रारा नगरपालिका वडा १ को घाटखण्ड र विभिन्न ठाउँमा ढुङ्गा खसेर अवरुद्ध बनेको छ।  गमगढीदेखि मुगुमकार्मारोङ गाउँपालिकाको छायालसम्मका विभिन्न ठाउँमा सोमबारदेखि पहिरो खसेर सडक अवरुद्ध हुँदा तीर्थयात्रु र स्थानीयलाई आउजाउ गर्न सास्ती भएको हो।

विगत ३÷४ दिनदेखि अविरल वर्षाका कारण  गमगढी नाक्चेलाग्ना सडकखण्ड हुँदै मुगुम कार्मारोङ गाउँपालिकाको  केन्द्र पुलुसम्म आउने बाटोमा ढुङ्गा खस्ने तथा कर्णाली नदीको बहाव वढ्न गई विभिन्न स्थानमा बाटो अवरुद्ध भएर आवत जावतका लागि उच्च जोखिम रहेको तथा नदीको दुबै किनार तर्फ कडा चट्टान भएको कारण वैकल्पिक वाटो सञ्चालनको सम्भावना नरहेको हुँदा वर्षा नरोकिएसम्म तथा बाटो पूर्ण रुपमा सञ्चालन भएसम्म आवत जावत नगर्न तथा अत्यावश्यक कामका लागि यात्रा गर्नै पर्ने भएमा आवश्यक सतर्कता अपनाउन हुन भनि बिहीबार गाउँ पालिकाले सूचना जारी गरेको छ।

तीर्थ यात्रु छायाँनाथ धाम जानलाई डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका वडा नं १० का खेमन्नद रोकायाका अुनसार  गमगढी– नाकच्चेलाग्न लाोकमार्गमा पैहिरो खसेर गाडी आउजाउ नहुँदा हामी तीर्थयात्रुलाई आउजाउ गर्न सास्ती भएको छ।

यता छायानाथ रारा नगरकाका नगर प्रमुख विष्णुकुमार भामका अनुसार एकदुई दिन भित्र पहिरो पन्छाएर सडक सुचारु गर्ने उहाँले बताउनुभयो। आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ। तिहार बगर पिण्डदान तथा छायानाथधाम  दर्शन गर्न जाने आउने भक्तजनलाई सास्ती भएको छ।