काठमाडौँ, जेठ ७ गते । नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले जेठ १८ गते राजधानीमा सिइओ कन्फ्रेन्स आयोजना गर्ने भएको छ । अर्थतन्त्र तथा व्यवस्थापनका क्षेत्रमा देखा परेका नवीनतम दृश्य तीनको सामञ्जस्यता तथा व्यवस्थापकीय शिल्पलगायतका विषयमा
छलफल गर्ने गरी एकदिने सम्मेलन गर्न लागिएको म्यानका अध्यक्ष मोहनकुमार ओझाले जानकारी दिनुभयो ।
सम्मेलनबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले कार्यस्थलका रूपान्तरण, कर्मचारीको भलाइ, विविधता समावेशिता र सरकारबिचको सम्बन्ध जस्ता विषयमा बृहत् छलफल गर्न लागिएको जानकारी दिनुभयो ।
सम्मेलनमा चार जना अन्तर्राष्ट्रियस्तरका व्यवस्थापकीय ज्ञातालाई मुख्य वक्ताका रूपमा बोलाइएको छ भने करिब १५० जना उच्च व्यवस्थापन तहमा काम गर्ने व्यक्ति सहभागी रहने जनाइएको छ ।