• ३ असार २०८१, सोमबार

थाई एयरवेजको सेवा पुनः सुरु

blog

काठमाडौँ, जेठ ११ गते । थाइल्यान्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको आधिकारिक रूपमा जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैङ्ककदेखि कोलकाता हुँदै काठमाडौँसम्मको उडानमार्फत नेपालमा आफ्नो वायु सेवा सुरु गरेको थियो । 

थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रा कोभिड महामारीका कारण २०२२ मार्चमा रोकिएको थियो । थाई एयरवेजले २०२३ अक्टोबर २९ मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालका लागि जनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको हो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रिमलाइनर ७८७ र एयरबस ३५० एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ ।