• १३ साउन २०८१, आइतबार

राष्ट्रिय प्रणालीको विद्युत क्षमता चार हजार पाँच सय मेगावाट पुर्‍याउने

blog

बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष नौ सय मेगावाट थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता चार हजार पाँच सय मेगावाट पुर्‍याइने बताएको छ । 

प्रतिव्यक्ति विद्युत खपत ४५० युनिट पुर्‍याउने सरकारको लक्ष्य छ । आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने घोषणा अर्थमन्त्री वर्षमान पुनले गर्नुभएको छ ।

मङ्गलबार बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री पुनले विद्युत प्रसारण लाइन निर्माण र वितरणका लागि निरीक्षक समेत सहभागी हुने गरी कानुनी प्रबन्ध गरिने बताउनुभयो । जलाशययुक्त जलविद्युत आयोजना बाँध र विद्युत गृह छुट्टा–छुट्टै निर्माण गर्न निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने योजना सार्वजनिक गर्नुभएको छ ।

सुख्खायायामको मागलाई पूर्ति गर्न १२ सय मेगावाट क्षमताको बूढीगण्डकी, ६७० मेगावाट क्षमताको दुधकोशी र ४१७ मेगावाटको नलसिंगा जलाशययुक्त जलविद्युत आयोजना तथा २८० मेगावाट क्षमताको नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य सुरु हुनेछन् ।