• १३ साउन २०८१, आइतबार

वाणिज्य बैङ्कद्वारा एम्बुलेन्स प्रदान

blog

काठमाडौँ, जेठ २८ गते । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नेपाल प्रहरी अस्पताललाई दुई/दुई वटा एम्बुलेन्स र शववाहन प्रदान गरेको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनालले एम्बुलेन्स र शववाहनको चाबी हस्तान्तरण गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वारस व्यक्त गर्नुभयो । 

प्राप्त सवारीसाधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणसमेत लाभान्वित हुने उहाँले चर्चा गर्नुभयो । 

बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमन खनालले विगतमा बैङ्क र नेपाल प्रहरीबिच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने  विचार व्यक्त गर्नुभयो ।