• १६ माघ २०८२, शुक्रबार

अटो दुर्घटना हुँदा ६ जना घाइते

blog

कविराज घिमिरे 

हिले, माघ १६ गते।  धनकुटा नगरपालिका–४ अन्तर्गत छारागाउँ पिपलडाँडास्थित भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।  

शुक्रबार साँझ करिब ६ बजे सान्ताङबाट ठोकातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ह ८६६९ नम्बरको अटो आफैं अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको हो। 

दुर्घटनामा अटो चालक धनकुटा नगरपालिका–४ बस्ने  ३८ वर्षीय पञ्चलाल राई सहित ६ जना घाइते हुने भएको छ।  सबै घाइतेलाई जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।   

चालक पञ्चलाल राई र प्रेमबहादुर राईलाई थप उपचारका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान रेफर गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो।