• १६ माघ २०८२, शुक्रबार

टिप्परले ठक्कर दिँदा एकको मृत्यु

blog

गणेश खनाल

अर्घाखाँची, माघ १६ गते । टिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा ९ टारी बजारमा शुक्रबार साँझ टिप्परको ठक्करबाट उमेश खत्रीको घटनास्थलमै मृत्यु भएको हो । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दिवश जिसीले जानकारी दिनुभयो ।