कविराज घिमिरे
हिले, माघ १७ गते । आचारसंहिता उल्लङ्घन भएको भन्दै धनकुटाका दुई स्थानीय तहलाई प्रशासनले सचेत गराएको छ । आचारसंहिता लागु भइसकेको वितरण सम्बन्धी कार्यक्रम आयोजना गरेका जिल्ला प्रशासन कार्यालय धनकुटाले सहिदभूमि र चौबिसे गाउँपालिकालाई आचारसंहिता उल्लङ्घन नगर्न सचेत गराएको हो ।
आचारसंहिता लागु भएको समयमा जनप्रतिनिधिको उपस्थितिमा न्यानो कपडा तथा सामाजिक सुरक्षा भत्ताको रकम वितरण गरिएको भन्दै प्रशासनमा उजुरी परेको थियो । धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन अनुगमन अधिकृत लक्ष्मीप्रसाद रेग्मीले स्थानीय तहका विषयमा उजुरी प्राप्त भएको जानकारी दिँदै सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिलाई सचेत गराइएको जानकारी दिनुभयो ।
वितरण कार्यक्रम स्थानीय तहका नियमित कार्यक्रम अन्तर्गत रहे पनि आचारसंहिता लागु भइसकेकाले यस्ता कार्यक्रममा विषयगत शाखाका कर्मचारी मात्र उपस्थित गराउन निर्देशन दिइएको रेग्मीको भनाइ छ ।
यसअघि पनि नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालययले सचेत गराइसकेको छ ।