• १७ माघ २०८२, शनिबार

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, माघ  १७ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८८ पैसा र बिक्रीदर १४७ रुपियाँ ४८ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ १२ पैसा र बिक्रीदर १७५ रुपियाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ ९४ पैसा र बिक्रीदर २०२ रुपियाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपियाँ ०९ पैसा र बिक्रीदर १९१ रुपियाँ ८७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ७९ पैसा र बिक्रीदर १०३ रुपियाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपियाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ८४ पैसा र बिक्रीदर ११६ रुपियाँ ३१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५३ पैसा र बिक्रीदर नौ रुपियाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ १३ पैसा र बिक्रीदर २१ रुपियाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ १६ पैसा र बिक्रीदर ३९ रुपियाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ३० पैसा र बिक्रीदर ४० रुपियाँ ४७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६८ पैसा र बिक्रीदर चार रुपियाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ९९ पैसा र बिक्रीदर ४० रुपियाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १९ पैसा र बिक्रीदर १० रुपियाँ २३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ५९ पैसा र बिक्रीदर १६ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४५ पैसा र बिक्रीदर २३ रुपियाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८१ पैसा र बिक्रीदर १८ रुपियाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपियाँ ९७ पैसा र बिक्रीदर ४८३ रुपियाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपियाँ ५९ पैसा र बिक्रीदर ३९१ रुपियाँ १८  पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपियाँ ५३ पैसा र बिक्रीदर ३८३ रुपियाँ ०९ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस