टोपलाल अर्याल
रेसुङ्गा, असार १३ गते । गुल्मीमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । मुसिकोट नगरपालिका–४ का ७६ वर्षीय थम्मनबहादुर कुमाल, ६८ वर्षीया फुलमाया कुमाल र ३६ वर्षीया गीता कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
बिहीबार स्थानीय जङ्गलबाट टिपेर ल्याएको च्याउन पकाएर खाए पनि उहाँरुलाई रिङगटा लाग्ने र बान्ता हुने भएको थियो । घरमा अरु बालबालिका पनि थिए । तर पहिलेनै खाना खाएर विद्यालय गएकाले जोगिएको उपचारमासँगै रहनुभएका थम्मनबहादुरका छोरा कमल कुमालले जानकारी दिनुभयो ।
कमलका अनुसार बिरामीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । थम्मन दम्पत्तिको आइसियु र बुहारी गीताको सामान्य कक्षमा राखेर उपचार भइरहेको छ ।