• ४ असार २०८१, मङ्गलबार

सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख

blog

सुदूरपश्चिम प्रदेश सभामा बजेट पेस गर्नु अगाडि प्रदेश सभा भवनमा आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल । तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेश सभामा बजेट पेस गर्नुभएको छ ।

चालू तर्फ ११ अर्ब सात करोड १९ लाख ६३ हजार (३५ प्रतिशत), पुँजीगत खर्च १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार (५५.७२ प्रतिशत), अन्तर सरकारी वित्त हस्तान्तरणमा २ अर्ब ९२ करोड ७० लाख १० हजार (९.०५ प्रतिशत), वित्तीय व्यवस्थापनमा १० करोड (०.३१ प्रतिशत) विनियोजन भएको छ ।

भौतिक पूर्वाधार विकासका लागि १३ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । ऊर्जा सिँचाइका लागि ३ अर्ब ६१ करोड छ । सरसफाइ र खानेपानीमा १ अर्ब ९२ करोड बजेट छुट्टयाएको छ । शिक्षा स्वास्थ्यका लागि छ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ ।  कृषिमा ३ अर्ब ९ करोड बजेट वन पर्यटन मन्त्रालयका लागि २ अर्ब ४ करोड, आन्तरिक मामिला मन्त्रालयका लागि ३८ करोड ६९ लाख बजेट छुट्टयाएको छ ।

अधिकांश कार्यक्रमहरू विगतकै दोहोर्‍याएको सरकारले आ.व. २०८१/८२ देखि दलित अधिकार दशक घोषणा गर्ने यहाँका दलितको अवस्था अध्ययन गरी गुरुयोजना बनाउन बजेट छुट्टयाएको छ । 

चालू आव २०८०/८१ मा मा २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट थियो । चालू तर्फ ३२.७९ प्रतिशत, पुँजीगततर्फ ५८.१६ प्रतिशत, अन्तरसरकारी वित्त हस्तान्तरणमा ८.०२ प्रतिशत र वित्तीय व्यवस्थापनमा १.०३ प्रतिशत विनियोजन गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २.२१ प्रतिशतले चालू खर्च बढेको छ । बजेटको पूर्णपाठ