• १२ असार २०८१, बुधबार

चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

blog

काठमाडौँ,  असार ४ गते ।  स्थानीय बजारमा चाँदीको मूल्य आज सामान्य वृद्धि भएको छ भने सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार प्रतितोला रु. एक हजार आठ सयमा कारोबार भएको चाँदी आज रु. १५ ले बढेर रु एक हजार आठ सय १५ मा कायम भएको छ । 

महासङ्घका अनुसार छापावाल सुनको मूल्य मङ्गलबारका लागि प्रतितोला रु. एक लाख ४२ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख ४१ हजार पाँच सय कायम छ ।   रासस