• १९ असोज २०८१, शनिबार

परिपक्व साँवा तथा ब्याज भुक्तानी लिन आग्रह

blog

काठमाडौँ, असार २२ गते । बचतपत्र धनीलाई बचत भुक्तानी फिर्ता लिन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ ।

राष्ट्र बैङ्कमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीले बचत फिर्ता लिन नआएपछि राष्ट्र बैङ्कले सार्वजनिक रूपमा सूचना जारी गरेर बचत फिर्ता लिन आग्रह गरेको हो ।

राष्ट्र बैङ्कले सूचनामार्फत २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा ब्याज आर्जित भुक्तानी लिन बाँकी रहेकाले यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ ।