• १९ असोज २०८१, शनिबार

सुनको मूल्य तोलामा एक हजारले बढ्यो

blog

काठमाडौँ,  असार २३ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु. एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ४५ हजार चार सय निर्धारण भएको छ । 

शुक्रबार प्रतितोला रु. एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु. एक लाख ४४ हजार सात सय निर्धारण भएको छ । 

चाँदीको मूल्य तोलामा रु. २० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु. एक हजार आठ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय ९० निर्धारण भएको छ ।  रासस