• १२ साउन २०८१, शनिबार

स्टार्टअप उद्यम कर्जाबापत साढे तीन करोड वितरण

blog

काठमाडौैैँ, असार २५ गते । स्टार्टअप उद्यम कर्जाबापत उद्यमीलाई साढे तीन करोड रकम वितरण गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा पाउनयोग्य १८३ वटा व्यावसायिक परियोजनालाई उद्यम कर्जा वितरण सुरु गरेको हो । 

राष्ट्रिय वाणिज्य बैङ्कको तोकिएको शाखा कार्यालयबाट ७४ वटा उद्यम परियोजनालाई हालसम्म तीन करोड ७२ लाख ३५ हजार रुपियाँ रकम वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । अन्य परियोजनालाई रकम वितरणकै प्रव्रिmयामा रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुुप्ताले राष्ट्रिय वाणिज्य बैङ्कमा रकम पठाइसकेकाले एक साताभित्रमा छनोटमा परेका परियोजनालाई रकम भुुक्तानी गरिसक्ने उहाँले जानकारी दिनुुभयो ।

स्टार्टअप उद्यम कर्जाबापत उद्यमीले न्यूनतम पाँचदेखि २० लाख रुपियाँसम्म प्राप्त गरेको प्रतिष्ठानले जनाएको छ । तीन प्रतिशत ब्याजमा सात वर्षसम्मका लागि परियोजनाका उद्यमीले प्रयोग गर्न पाउने छन् । 

चार वर्षअघिदेखि प्रत्येक आर्थिक वर्षको बजेटमा स्टार्टअप उद्यम कर्जा वितरण गरिने कार्यव्रmम घोषणा गरिए पनि अहिले आएर कार्यान्वयनमा आउन सफल भएको छ । चालु आवमा स्टार्टअप उद्यम कर्जा वितरण गर्न २५ करोड रुपियाँ विनियोजन गरिएको थियो । 

स्टार्टअप उद्यम कर्जा वितरण गर्न बैङ्कसँग प्रतिष्ठान र निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८० माघ २४ गते सम्झौता गरेका थिए । सोही सम्झौताबमोजिम बैङ्कले प्रतिष्ठानले निकालेको सूचीमा परेका नवप्रवर्तनात्मक व्यवसायलाई तीन प्रतिशत ब्याजमा सहजतापूर्वक कर्जा दिन हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार बैङ्कले हाल छनोटमा परेका उद्यमीलाई कर्जा वितरण गरिरहेको जनाएको छ । यो कार्यविधिमा ५० लाख रुपियाँसम्म चुक्तापुँजी भएका कम्पनीले र वार्षिक आम्दानीसमेत ५० लाखसम्म मात्रै हुनुपर्ने व्यवस्था छ । प्रत्येक वर्षको भाषणमा पर्ने गरे पनि सहुलियतपूर्ण ऋण वितरणमा समस्या भएपछि सरकारले ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९’ बनाएको थियो । 

यो कार्यविधि अनुसार सुरुमा स्टार्टअपलाई २५ लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा वितरण गर्ने भनिएको थियो । वितरण गर्ने समयसम्ममा भने २५ लाखबाट झरेर २० लाखमा आइपुगेको हो । यो कार्यविधिमा ५० लाख रुपियाँसम्म चुक्तापुँजी भएका कम्पनीले र वार्षिक आम्दानीसमेत ५० लाखसम्म मात्रै हुनुपर्ने व्यवस्था छ । 

यही कार्यविधिमा आधारित रहेर औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले माघ १९ गतेदेखि फागुन १० गतेसम्म आवेदन माग गरेको थियो । त्यस व्रmममा एक हजार छ सयभन्दा बढी आवेदन परेको थियो । परेका आवेदनबाट परियोजना छनोट गर्नका लागि सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ स्वीकृत गरेको थियो । सोही कार्यविधिबमोजिम १८३ वटा परियोजना सहुलियतपूर्ण कर्जाका लागि छानिएको बताइएको छ ।

सहुलियतपूर्ण कर्जा पाउने परियोजनाको सूचीमा कृषि, पशुपन्छी, डेरी, चिया, दुनाटपरीलगायतका उद्योग छन् । यस्तै हाते कागज बनाउने उद्योग, रोबोटिक्स एन्ड रिसर्च सेन्टरसहित फेसन, सूचना प्रविधिमा आधारित उद्योग छन् । यसै गरी थाङ्कासहित मेटल उद्योगसमेत रहेको प्रतिष्ठानले जनाएको छ । सहुलियतपूर्ण कर्जाका लागि काठमाडौँ उपत्यकासहित देशभरबाट छानिएका छन् । स्टार्टअप उद्यम कर्जा राष्ट्रिय वाणिज्य बैङ्कबाट तीन किस्तामा उपलब्ध गराइने छ । 

बैङ्कले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाका हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने छन् ।