‘लान्द्रुक हनी हन्टिङ’ महोत्सवको रौनक
गत वर्षको ‘लान्द्रुक हनी हन्टिङ’ महोत्सवमा तीन लिटर मात्र मह जम्मा भएकोमा खिन्न कास्कीको अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकका बासिन्दा यसपालि भने प्रशन्न छन् । उनले मङ्गलबार सुरु भएर शुक्रबार सकिएको लान्द्रुक हनी हन्टिङ महोत्सवमा १७ गोलाबाट १३० लिटर मह भिरौटेहरूले निकालेका छन् । महोत्सवका संयोजक विष्णुप्रसाद चपाई यसरी निकालिएको मह हातहातै बिक्री भएकोमा झनै उत्साहित हुनुहुन्छ । मोदीखोलामाथिको छङ्गाछुर कोसेटाङ भिरमा सिमसिम पानी र टन्टलापुर घाम दुवैको परवाह नगरी मह निकालिएको हो । चार दशकदेखि भिरौटे बन्दै आउनुभएका ६१ वर्षीय खड्गबहादुर गर्बुजामगर यसपालि पनि निगालोको चोया बाटेर बनाइएको डोरी (पराङ) को सहायतले भिरमा जानुभयो ।
संशोधित राजस्व लक्ष्य पनि भेट्टाउन चुनौती, दैनिक छ अर्ब उठाउनुपर्ने
चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्कलनको संशोधित लक्ष्य पनि प्रभावित हुने देखिएको हो । संशोधित लक्ष्य पूरा गर्न सरकारले चालु आवको बाँकी समयमा दैनिक छ अर्ब २८ करोड रुपियाँ राजस्व सङ्कलन गर्नुपर्ने देखिन्छ । अहिले दैनिक करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन भइरहेको अवस्थामा बाँकी समयमा त्यसको दोब्बरभन्दा पनि बढी राजस्व सङ्कलन सरकारका लागि निकै चुनौतीपूर्ण बन्ने छ ।
श्रीराम सुगर मिल्स सञ्चालन गर्न सहमति
श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि सहमति जुटेको छ । सो उद्योग सञ्चालनका सम्बन्धमा गठित कार्यदलले प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष पेस गरेको छ । महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहनुभएका सांसद किरण साहको संयोजकत्वमा गठित कार्यदलले उद्योगीलाई आर्थिक सङ्कट भएको र जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
सहकारी अपचलन : सांसद सासू, ज्वाइँसहित ३५ जनालाई १६ करोड बिगो
नवलपुर सदरमुकाम कावासोतीको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलन र घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बर्दियाका प्रतिनिधि सभा सदस्य गीता बस्नेत, बस्नेतका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाकै योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपीकृष्ण शर्मा, बिनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको हो ।
२४ खर्ब हाराहारीमा सार्वजनिक ऋण
मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व सङ्कलन गरेको छ ।
किमाथाङ्कासहित चीनसँग जोडिएका नाकाहरु आजदेखि पुनः सञ्चालन
नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन् ।
कृत्रिम रूपमा पकाइएको आँप जोखिमयुक्त
आँप फलेपछि छिट्टोमा जेठको अन्तिमदेखि मात्र पाक्न थाल्छन् र त्यो खानयोग्य हुन्छ तर यहाँ बजारमा दुई-तीन महिनादेखि पाकेको आँप छ्यापछ्याप्ती पाउन थालेका छन् । बजारमा अहिले बिक्रीवितरण भइरहेको आँप खानयोग्य छैन किनभने ती आँपलाई कृत्रिम ढङ्गले रासायनिक पदार्थ हालेर प्रयोग गरी पकाएर बिक्रीवितरण गरिरहेको विज्ञहरू बताउँछन् ।
कच्चा पदार्थ मूल्यवृद्धिले ग्रिल उद्योग सङ्कटमा
ग्रिलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रित रूपमा भएको उच्च मूल्यवृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दुुई खर्बको पेट्रोलियम पदार्थ आयात
१० महिनामा मुलुकमा झन्डै साढे दुुई खर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म दुुई खर्ब ३५ अर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको आयात भएको हो ।
बौदिकालीमा राष्ट्रिय प्रसारण लाइन पुग्ने भएपछि स्थानीय खुसी
नवलपुरको पहाडी क्षेत्र बौदिकाली गाउँपालिका ६ नरमडाँडामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइन पुग्ने भएपछि स्थानीय खुसी भएका छन्।
बबई सिँचाइको मुआब्जा बाँड्ने तयारीमा आयोजना
नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइले पश्चिमी मूल नहर प्रणालीअन्तर्गत गुलरिया खण्डलगायत आसपासका सोनापुर, नारायणटोल, सुहेलवा शाखा नहर निर्माण तथा विस्तारका लागि आवश्यकपर्ने जग्गाको मुआब्जा रकम वितरणको सुरुआत गरेको छ ।
सांसदसहित ३५ प्रतिवादी, साढे १६ करोड बिगो मागदाबी
नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोेक्ता सहकारी संस्था लिमिटेडमा भएको घोटलाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा कमी
खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व सङ्कलन चुनौती बनेको बताइएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गर्नुभएको छ । यसअघि प्रमुख कार्यकारी अधिकृत खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
तोलामा एक हजार आठ सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नै रु. एक हजार आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज रु एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन तोलामा रु एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो ।
व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित
टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गर्नुभएको चियाखेतीलाई अगाडि बढाउनुभएका उहाँको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ ।
थाई एयरवेजको सेवा पुनः सुरु
थाइल्यान्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको आधिकारिक रूपमा जानकारी दिएको छ । थाई एयरवेजले सन् १९६८ मा बैङ्ककदेखि कोलकाता हुँदै काठमाडौँसम्मको उडानमार्फत नेपालमा आफ्नो वायु सेवा सुरु गरेको थियो । थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रा कोभिड महामारीका कारण २०२२ मार्चमा रोकिएको थियो । थाई एयरवेजले २०२३ अक्टोबर २९ मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालका लागि जनरल सेल्स एजेन्टका रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको हो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रिमलाइनर ७८७ र एयरबस ३५० एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ ।
आर्थिक वृद्धिदरमा गण्डकी अगाडि
चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ उत्पादनसम्बन्धी प्रक्षेपण अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै अर्थात् ४.५५ प्रतिशतको वृद्धिदर हुने छ । त्यसपछि लुम्बिनी प्रदेशमा ४.०५ प्रतिशत, बागमती प्रदेशमा ३.९६ प्रतिशत, मधेश प्रदेशमा ३.७८ प्रतिशत, कोशीमा ३.५१ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ३.४१ प्रतिशत र कर्णाली प्रदेशमा ३.३९ प्रतिशत आर्थिक वृद्धिदर हुने कार्यालयको प्रारम्भिक अनुमान छ ।
पूर्वाधार सुधारमा जोड
नेपाल र भारतका उच्च अधिकारी तथा उद्योगी व्यापारीले नेपाल र भारतको सम्बन्ध स्थापना भएदेखि चलिआएको व्यापारमा समयानुकूल परिवर्तन र आवश्यकता अनुसार व्यापार सहजीकरणका लागि पूर्वाधार सुधारमा आमूल परिवर्तन र झन्झटिलो प्रक्रिया सुधार गरी नयाँ ढङ्गबाट अगाडि बढ्न दुवै मुलुकको सहकार्य तथा लचकता हुनुपर्ने बताएका छन् । उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशको संयुक्त आयोजना तथा नेपाल च्याम्बरको सहकार्यमा वीरगन्जमा बिहीबार आयोजना भएको नेपाल–भारत मल्टिमोडेल लजिस्टिक एन्ड कनेक्टिभिटी बैठकलाई सम्बोधन गर्दै लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले नेपाल–भारतको व्यापार सहजीकरण तथा पूर्वाधार सुधार, विकास निर्माणका लागि सरकारले धेरै महत्वपूर्ण कार्य गरिरहेकाले केही समयमै व्यापारी तथा उद्योगीले त्यसको प्रत्याभूति गर्ने बताउनुभयो ।
अन्डा उत्पादनमा कमी
गर्मी कारण अन्डा उत्पादनमा कमी आएको छ । उत्पादनमा कमी आएसँग लागत वृद्धि भएको अन्डा उत्पादन गर्ने किसानले जनाएका छन् । नेपाल अन्डामा आत्मनिर्भर छ । यहाँ खपतभन्दा बढी अन्डा उत्पादन हुने गरेको छ तर यो गर्मीका कारण उत्पादनमा केही कमी आएको छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा सात करोडभन्दा बढी कुखुरा छन्, त्यसमध्ये एक करोड ११ लाखभन्दा बढी कुखुराले फुल पार्ने गरेका छन् । वार्षिक एक अर्ब ५० करोड वटाभन्दा बढी अन्डा उत्पादन हुन्छ तर यो उत्पादनमा ह्रास आएको छ ।
जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । राजधानीको चन्द्रागिरिमा आयोजित हिमाल, मानिस र जलवायु परिवर्तन विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादमा उहाँले जलवायु वित्त व्यवस्थापन र दिगो विकासका पहलमा निजी क्षेत्रको भूमिका महìवपूर्ण रहनेमा जोड दिनुभयो । ढकालले नेपालको प्राकृतिक सम्पदा दिगो विकासमा सदुपयोग गर्न नेपाल सरकार तथा निजी क्षेत्र प्रतिबद्ध रहेको बताउनुभयो । ढकालले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र दिगो अर्थतन्त्र विस्तारका लागि जलवायु वित्त व्यवस्थापनको महत्वपूर्ण आवश्यकताबारे जोड दिनुभयो । छलफलमा ढकालले नेपालको जलवायुमैत्री लगानीमा नेपालले गरेका पहल उदाहरणसहित प्रस्तुत गर्नुभएको थियो ।
रावा बैङ्कको सिइओमा खनाल
राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देवेन्द्ररमण खनाल नियुक्त हुनुभएको छ । बैङ्कको सिइओबाट किरणकुमार श्रेष्ठको कार्यकाल सकिएपछि सिइओ पद खाली थियो । सिइओका लागि छनोटमा परेका पाँच जनामध्येबाट राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । सिइओका लागि १९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये अन्तर्वार्ताका लागि कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शङ्कर केसीसमेत पाँच जना छानिएका थिए ।
लुम्बिनी गुरुयोजनाको प्रगति सुस्त गतिमा
सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको लुम्बिनी गुरुयोजना ४६ वर्षसम्म पूरा भएको छैन । चालु आर्थिक वर्षमा अधिकांश बजेट कटौती हुँदा लुम्बिनी विकास कोषका पदाधिकारी असन्तुष्ट छन् । लुम्बिनी विकास कोषले पाँच वर्षअघि गुरुयोजनाको काम ८२ प्रतिशत पूरा भएको बताएको थियो । कोषले अहिले ८३ प्रतिशत मात्रै पुगेको बताएको छ । पछिल्लो पाँच वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा करिब तीन प्रतिशतमै सीमित रहेको छ ।