• २ साउन २०८१, बुधबार

चामल खरिद गर्न बिस संस्था छनोट

blog

काठमाडौँ, असार २६ गते । सरकारले भारतबाट चामल खरिद गर्नका लागि २० वटा व्यापारिक संस्था छनोट गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भारतबाट चामल खरिदका लागि आएका २८ वटा व्यापारिक कम्पनीका निवेदनमध्ये २० वटा छनोट गरेको जनाएको छ ।

चामल खरिदका लागि छनोट भएका व्यापारिक प्रतिष्ठान व्रmमशः वेदिका बिजिनेश प्रालि रुपन्देहीले तीन हजार ८४६ मेट्रिक टन, शुभ सिद्धि टे«डर्स वीरगन्जले तीन हजार ८४६ मेट्रिक टन, आरएएम इन्टरनेसनल वीरगन्जले तीन हजार ७७ मेट्रिक टन, मोर इन्टरप्राइजेज ललितपुरले तीन हजार ८४६ मेट्रिक टन चामल खरिद गर्ने छन् । 

दिव्यसी ट्रेड लिङ्क वीरगन्जले चार हजार ६१५ मेट्रिक टन, न्यु ओम गल्ला किराना भण्डार वीरगन्जले तीन हजार ८४६ मेट्रिक टन, यमोनत्री इन्टरप्राइजेज जनकपुरले चार हजार २३१ मेट्रिक टन, माँ जगदम्बा टे«डर्सले पाँच हजार ७६९ मेट्रिक टन, अम्बे किराना भण्डारले पाँच हजार ७६९ मेट्रिक टन, सिया इन्टरनेसनल प्रालिले तीन हजार ७६९ मेट्रिक टन, श्रीकृष्ण इन्टरनेसनलले तीन हजार ८४६ मेट्रिक टन, श्री हरि टे«डिङले एक हजार ९२४ मेट्रिक टन खरिद गर्ने छन् । 

त्यसै गरी अष्ट लक्ष्मी टे«डिङले दुुई हजार ३०८ मेट्रिक टन, अम्बै इन्टरनेसनलले दुुई हजार ६९२ मेट्रिक टन, वैद्यनाथ टे«डिङले एक हजार ९२३ मेट्रिक टन, नेपाल ग्लोबल ट्रेडले तीन हजार ८४६ मेट्रिक टन, विशाल टे«डिङ, प्रणाभ टे«डिङ, श्री विशवाय इन्टरनेसनलले ३८५ मेट्रिक टनका दरले खरिद गर्ने छन् भने इन्टरनेसनल एग्रो टे«ेड प्रालिले चार हजार ६१५ मेट्रिक टन गरी कुल ६५ हजार मेट्रिक टन चामल खरिद गरिने छ । 

चामल खरिदका लागि लागि छनोट भएका व्यापारिक प्रतिष्ठानले बढीमा पाँच हजार ७६९ मेट्रिक टन र थोरैमा ३८५ मेट्रिक टनसम्म खरिद गर्न सक्ने गरी व्यापारिक प्रतिष्ठान छनोट भएका छन् । चामल खरिदका लागि छनोट भएका प्रतिष्ठानले निर्णय भएको एक महिनाभित्र चामल खरिद गरिसक्नुपर्ने छ ।  

विभागका महानिर्देशक राजन पौडेलले चामल खरिदका लागि विभागमा परेका निवेदनको छनोट भइसकेको र यही सातादेखि खरिदको प्रव्रिmया सुुरु गर्ने जानकारी दिनुुभयो । 

महानिर्देशक पौडेलका अनुसार गएको कात्तिक महिनामा नै भारत सरकारबाट नेपाललाई ९५ हजार मेट्रिक टन चामल उपलब्ध गराउने विषयमा सहमति भएको थियो । जसमा ३० हजार मेट्रिक टन चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोेरेसनले खरिद गर्ने भनिएको थियो । 

बजारमा चामल महँगो भएको भन्ने हल्ला आइरहेको बेलामा यो परिणामको चामल खरिद भए मूल्य घट्ने अपेक्षा धेरैको रहेको छ । यस परिमाणको चामल नेपाल आएपछि चामलमा कुुनै समस्या नहुुने विभागका महादिर्नेशक पौडेलको भनाइ छ । 

देशमा उत्पादित कृषिजन्य वस्तुले माग नधानेपछि सरकारले भारतबाट चामललगायत खाद्यवस्तु आयात गर्दै आएको छ । सरकारले एक लाख मेट्रिक टन चामल आयातका लागि खुला गर्न भारत सरकारलाई आग्रह गरेको थियो ।