• ४ वैशाख २०८३, शुक्रबार

सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु

blog

जेनेभा, वैशाख  गते । सन् २०२५ मा समुद्री मार्गबाट भाग्ने क्रममा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्ले जनाएको छ । सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा रोहिंग्या शरणार्थी वोकेका जहाजह दुर्घटना हुदाँ उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकार सम्मेलनमा बताउनु भएको छ । 

युएनएचसीआरको तथ्याङ्क अनुसार यो यस क्षेत्रका लागि सबैभन्दा घातक वर्ष सन् २०२५ रहेको उहाँले बताउनुभएको छ । उहाँले गत वर्ष खतरनाक समुद्री पार गर्ने प्रयास गरेका छ हजार ५०० भन्दा बढी रोहिंग्यामा हरेक सातमध्ये एक जना बेपत्ता भएकोे रिपोर्ट गरिएको उल्लेख गर्नु भएको छ । रोहिंग्याले हरेक वर्ष सहज जीवन यापनको खोजीमा खतरनाक समुद्री यात्रा गर्दा मानव बेचबिखन नेटवर्कद्वारा सञ्चालित डुङ्गामा यात्रा गर्ने गरेको जनाइएको छ ।

अधिकांश रोहिंग्या शरणार्थी अनुमति दिएपछि स्वेच्छिक, सम्मानजनक र सुरक्षितरुपमा म्यानमार फर्कन चाहेको उहाँले बताउनु भएको छ । यसैबिच, कोषको अभावले बङ्गलादेशमा मानवीय सहायतामा कमी आउदा शिविरमा असुरक्षा र शिक्षा र जीविकोपार्जनमा सीमित पहुँचले शरणार्थीलाई खतरर तिर धकेलेको उहाँले बताउनु भएको छ । युएनएचसीआरको तथ्याङ्क अनुसार हालैका वर्षमा त्यस्ता सिमा गर्ने प्रयास गर्नेमध्ये आधाभन्दा बढी महिला र बालबालिका थिए ।

केहि दिन अघि अन्डमान सागरमा करिब २८० रोहिंग्या शरणार्थी र बङ्गलादेशी आप्रवासी बोकेको डुङ्गा दुर्घटना भएको खबर सार्वजनिक भएको केही दिनपछि उहाँको टिप्पणी आएको हो । बङ्गलादेशी अधिकारीले नौ जनालाई उद्धार गरिएको बताएका छन् । जहाज दुर्घटना हुँदा “अनुमानित २५० जना बेपत्ता” भएको उहाँले बताउनु भएको छ । रासस/एएफपी