अविनाश चौधरी
धनगढी, वैशाख ४ गते । संघीय सरकारको निर्णयलाई पन्छाउँदै धनगढीमा आजदेखि नयाँ शैक्षिकसत्रको लागि विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ ।
धनगढी उपमहानगरपालिकाको नगर शिक्षा समितिको निर्णयअनुसार भर्ना अभियान सुरु गरिएको हो । समितिले वैशाख ४ गतेदेखि ११ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी, वैशाख १४ गतेदेखि नयाँ शैक्षिकसत्रको पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको छ । नेपाल सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि अध्ययन, अध्यापनको कार्य सुरु गर्ने निर्णय गरी सोहीअनुसार शैक्षिकसत्र अगाडि बढाउन पालिकालाई पत्राचार गरेको थियो ।
सरकारको निर्णयअनुसार भर्ना र अध्ययन, अध्यापनको कार्य गर्दा विद्यार्थीको पठनपाठनमा अवरोध, वार्षिक कार्य घण्टा नपुगी शिक्षाकोे गुणस्तरमा ह«ास हुने भएकाले समितिले यस्तो निर्णय गरेको नगर प्रमुख गोपाल हमालले जानकारी दिनुभयो ।