• २ साउन २०८१, बुधबार

सुनको मूल्य तोलामा आठ सयले बढ्यो

blog

काठमाडौँ,  असार २७ गते । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. आठ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु. एक लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु. एक लाख ४४ हजार नौ सय निर्धारण भएको छ ।

बुधबार प्रतितोला रु. एक लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार दुई सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा रु. १५ ले बढेको छ । बुधबार प्रतितोला रु. एक हजार आठ सय ७० मा कारोबार भएको चाँदीको मूल्य आज भने रु. एक हजार आठ सय ८५ निर्धारण भएको छ । रासस