• १० साउन २०८१, बिहिबार

भारतमा सुनको मूल्य घट्दा नेपालमा तस्करी बढ्ने सम्भावना

blog

फाइल तस्बिर

काठमाडौँ, साउन १० गते । छिमेकी मुलुुुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ । 

भारत सरकारले मङ्गलबार सार्वजनिक गरेको बजेटमार्फत सुनचाँदी तथा प्लाटिनम, ओस्मिअम, इरिडिअमलगायत अन्य धातुमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर छ प्रतिशतमा झारेको छ । 

बजेटमार्फत भन्सार शुुल्क घटाएसँगै भारतमा प्रति १० ग्राम सुनको मूल्य छ हजार नौ सय र तोलामा ११ हजार रुपियाँ सस्तो भएको छ । मङ्गलबार भारतीय बजारमा प्रतितोला सुनको मूल्य एक लाख २९ हजार रुपियाँ रहेकोमा नेपालमा भने प्रतितोलामा एक लाख ४७ हजार चार सय रुपियाँमा कारोबार भएको छ । भारतको तुुलनामा नेपालमा सुनको मूल्य प्रतितोलामा १८ हजार रुपियाँ महँगो छ । 

भारतमा सुनचाँदीमा भन्सार शुुल्क घट्दा त्यसको प्रभावले नेपालमा चोरी तस्करी बढ्ने व्यवसायीको भनाइ छ । सुुनचाँदी व्यवसायी तेजरत्न शाक्यले भारतमा सुनमा लगाउँदै आएको भन्सार शुल्क घट्दा नेपालमा थप चोरीपैठारी बढ्ने सम्भावना रहेको बताउनुभयो । भारतभन्दा नेपालमा सुनको मूूल्य महँगो हुुँदा गैरकानुुनी तबरबाट सुनको काराबोर बढ्ने हुुँदा बजारलाई धराशायी बनाउने उहाँको भनाइ छ ।  खुुला नाकासँगै नेपालमा सुनको मूल्य महँगो हुुँदा जसले पनि सुुन ल्याएर नेपालमा बिव्रmी गर्न सकिने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसले नेपाली सुुनचाँदी बजारमा प्रत्यक्ष असर पर्नुुका साथै बजारमा तस्करी बढ्ने हुुँदा सुनमा लगाउँदै आएको भन्सार शुुल्क १० प्रतिशतमा झार्न अति आवश्यक छ ।”  गैरकानुुनी तवरबाट नेपालमा सुुन भित्रिँदा राजस्व सङ्कलनसमेत कम हुने उहाँले बताउनुभयो । 

नेपालमा सुन आयातमा भन्सार शुुल्क बढ्दा सुनको मूूल्य थप उच्च भएको छ । चालु आवमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याउनुुभएको थियो । व्यवसायीका अनुसार सुनमा भन्सार दर बढ्दा तोलामा छ हजार रुपियाँले महँगो भएको व्यवसायीको भनाइ छ । 

यसअघि नेपालमा संयुक्त अरब इमिरेट्स, चीन, कतार तथा हङकङलगायतका मुलुकबाट सुन तस्करी हुँदै भारत जान्थ्यो । भारतले भन्सार दर नेपालको भन्दा सस्तो बनाइदिएपछि भारतबाट सहजै तस्करी बढ्ने देखिएको व्यवसायी बताउँछन् ।

 सुनमा भन्सार दर समायोजन गर्न आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी भन्सार दर समायोजन गर्न आग्रह गरेको छ ।

महासङ्घका कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्यको नेतृत्वमा बुधबार गएकोे प्रतिनिधिमण्डलले भेटेर भन्सारदर समायोजन गर्न आग्रह गरेको हो । भारत सरकारले बजेटमार्फत भन्सार दर घटाएपछि नेपालमा परेको प्रभावका विषयमा जानकारी गराउँदै नेपालमा पनि सोही अनुरूप हुने गरी भन्सार दर समायोजन गर्न आग्रह गरेको महासङ्घले जनाएको छ ।  

नेपाल र भारतबिच खुला सिमानाका भएकाले दुई देशबिचको भन्सार दरबिच असन्तुलन हुँदा अवैध कारोबारले प्रोत्साहन पाउन सक्ने भएकाले नेपालमा हाल कायम रहेको भन्सार दर घटाई भारतीय बजारसँग नजिक हुने गरी समान गर्नुपर्ने महासङ्घको भनाइ छ । 

सो अवसरमा अर्थमन्त्री पौडेलले व्यवसायीले राखेका मागलाई अध्ययन गरेर उचित निर्णय लिइने आश्वासन दिनुभयो । व्यवसायीले सुनको आयातमा कोटा वृद्धि गर्नुपर्ने, वर्षभरि हुने आयातलाई सिलिङ मानेर बजारको माग र आवश्यकताका आधारमा एउटा महिनाको सुन वर्षभरिमा जुन सुकै महिना पनि ल्याउन पाउनुपर्ने, सुनचाँदीको गरगहना आयातमा भएको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्ने, चाँदी आयातको सीमा वृद्धि गरिनुपर्नेलगायतका माग राखेका थिए । 

सार्क राष्ट्रबाट सुन आयात गर्दा ९.५ प्रतिशत मात्र राजस्व कायम भएकाले यसले अत्यधिक सुनका गहना आयात हुन सक्ने भएकाले एकातिर राष्ट्रका लागि न्यून भन्सार शुल्कबाट वार्षिक अर्बौं रुपियाँ क्षति हुने सक्ने र सुनचाँदी व्यवसाय रोजगारी धरापमा पर्ने भएकोमा यसमा पुनरवलोकन गर्नुपर्ने व्यवसायीको भनाइ छ । 

यस्तै कच्चा चाँदीमा १५ प्रतिशत भन्सार लागु हुँदा तयारी चाँदीका गहना आयात गर्दा सोभन्दा कम व्रmमशः छ प्रतिशत र १० प्रतिशत (सार्क राष्ट्रभित्र वा बाहिरी राष्ट्रबाट) कायम भएकाले यसले राजस्व सङ्कलनमा कमी आउने व्यवसायीको भनाइ छ । 

भारतमा भन्सार शुुल्क घट्दा नेपालमा चोरीपैठारी बढ्ने हुँदा सुनका गहना आयातमा न्यूनतम २५ प्रतिशत र चाँदीका गहना आयातमा न्यूनतम २० प्रतिशत भन्सार कायम गर्न आवश्यक देखिएको व्यवसायीको भनाइ छ ।