ढकिया बुन्ने तालिम सिकेपछि महिला खुसी
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ की भावना चौधरीले एक महिनाको ढकिया तथा गुन्द्रीलगायत सामाग्री बनाउने तालिम प्राप्त गर्नुभयो। तालिम प्राप्त गरेसँगै उहाँ अहिले एकदम खुसी हुनुभएको छ।
जलविद्युत समूह चम्किँदा नेप्से परिसूचक ३३ दशमलव १५ अङ्कले बढ्यो
जलविद्युत कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ५९ प्रतिशतले बढेर दुई हजार एक सय १५ दशमलव २४ को बिन्दुमा कायम भएको हो ।
मधेस प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
मधेस प्रदेश सरकारले आज मङ्गलवार प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ । सरकारको तर्फबाट मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिनुभयो ।
थाहाको आलु (फोटो फिचर)
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–४ को नयाँ गाउँ आलु खेतीका लागि प्रख्यात मानिएको छ । चर्चा नै कमाएपछि यहाँको त्रिभुवन राजपथ छेउमा आलुको स्तम्भ नै निर्माण गरिएको छ ।
अनुदानले किसान उत्साही
कृषि र पशुपालनको क्षेत्रमा नेपाल सरकारले प्रदान गरेको अनुदान रकम प्राप्त गरेका लुम्बिनी प्रदेशका सात जिल्लाका किसान उत्साही देखिएका छन् । मेहनत र नेपाल सरकारको अनुदान सहयोग रकमले कृषि र पशुपालनको क्षेत्रमा आफूलाई उत्साही बनाएको उनीहरूको भनाइ छ ।
धान नबिकेपछि झापाका किसान चिन्तित
गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताउनुभयो ।
बजेटले मूल्यवृद्धि बढ्ने जोखिम : पूर्वअर्थमन्त्री महत
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले गत १५ जेठमा सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटले बैङ्क ब्याजदर र मूल्यवृद्धि बढ्ने जोखिम रहेको बताउनुभएको छ । साउथवेस्टन स्टेट कलेजद्वारा सोमबार काठमाडौँमा आयोजित ‘आव २०८१/८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तर्क्रिया कार्यक्रममा पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले यो बजेटले देशले खोजेको अर्थतन्त्रको समस्याका आधारभूत प्रश्नको उत्तरसमेत नदिएको भन्दै हचुवाको भरमा कनिका छरेजस्तो जथाभाबी रूपमा बजेट छरेपछि सोचे जस्तो परिणाम नआउने बताउनुभयो ।
ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन तयार
१३२ केभी क्षमताको प्रसारण लाइनका भरमा चल्दै आएको कोशी र मधेश प्रदेशले अब चार सय केभी क्षमताको मुख्य प्रसारण लाइनमार्पmत विद्युत् आपूर्ति पाउने भएका छन् । निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएसँगै पूर्वी नेपाललाई चाहिएका बेला दिने तथा बढी भएका बेला त्यहाँबाट विद्युत् अन्य क्षेत्रमा ल्याउन र भारत निर्यात गर्न ठुलो पूर्वाधार प्राप्त भएको हो । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको १५४ किलोमिटर चार सय केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।
अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका संशोधन हुँदै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ लाई संशोधन गर्ने भएको छ । मल पर्याप्त भए पनि त्यसलाई वितरण तथा व्यवस्थापनमा समस्या देखिएका कारण त्यसलाई सरल र सहज बनाउनका लागि ऐन संशोधन गर्न लागिएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव सवनव शिवाकोटीले बताउनुभयो । रासायनिक मल वितरणका लागि कृषि मन्त्रालयले निर्देशिका तयार गरी सोही अनुसार तीन वटै तहमा मल वितरण तथा व्यवस्थापन सुरु गरेको थियो तर त्यसमा समस्या देखिएका कारण त्यसलाई संशोधन गर्न लागिएको उहाँले बताउनुभयो । निर्देशिका अनुसार मल आयात र बिक्रीवितरण भइरहेको थियो । संशोधनका लागि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । सो समितिले संशोधनका लागि कार्य गरिरहेको उहाँले बताउनुभयो ।
‘श्रमको खोजीमा रहेका युवाका लागि रोजगार मेला कोसेढुङ्गा’
बागमती प्रदेशमा दुई दिन (२९ र ३० गते) सम्म चल्ने श्रमाधान रोजगार मेलाको तयारी पूरा भएको जानकारी दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशमा दुई दिनसम्म चल्ने श्रमाधान रोजगारी मेलाबारे जानकारी गराउने उद्देश्यले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सोबारेमा जानकारी दिइएको हो ।
थुप्रिँदै विदेशी मुद्रा, दस महिनामै थपियो चार खर्ब
कुनै समय छ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा भने अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ । सञ्चिति खस्किएर टाट पल्टिएको श्रीलङ्कासँग तुलना हुने गरेको अवस्थाबाट नेपालको बाह्य अर्थतन्त्र सबैभन्दा बलियो स्थितिमा पुगेको राष्ट्र बैङ्कको पछिल्लो प्रतिवेदनले देखाएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कबाट स्टार्टअप उद्यम कर्जा
स्टार्टअप उद्यम कर्जाका लागि सिफारिस गरिएका परियोजनालाई कर्जा लिनका लागि राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालय तोकिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि सिफारिसमा परेका १८३ वटा परियोजनालाई कर्जा लिनका लागि सम्बन्धित जिल्लाको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालय तोकिएको हो ।
विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो ।
१० महिनामा करिब १२ खर्ब विप्रेषण भित्रियो
चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ ।
गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि
गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव २७ र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ ।
असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि वि.सं.२०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ ।
नेप्से परिसूचक बढ्यो
यो सातामा कारोबारको पहिलो आइतबार चार दशमलव ५९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोस्रो दिन आठ दशमलव ९० अङ्कले बढेको छ ।
तीन गाउँपालिकाको १४ करोड बेरुजु
रुकुमपूर्वका स्थानीय तहको बेरुजु १४ करोड बढी देखिएको छ । महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लाका ३ वटा गाउँपालिकाको बेरुजु अर्थात् नियम सङ्गत खर्च नभएको रकम १४ करोड चार लाख सात हजार रुपियाँ देखिएको छ । यो कुल लेखापरीक्षण गरिएको रकमको ११.३७ प्रतिशत हो ।
धान उत्पादन वृद्धि हुने अनुमान
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले वर्षाका कारण यस पटक धान उत्पादनमा वृद्धि हुने अनुमान गरेका छन् । आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । पर्याप्त पानी प¥यो भने धानको उत्पादनमा वृद्धि हुने धानका वैज्ञानिक रामवरण यादवले बताउनुभयो । धान खेतीका लागि २५ सय मिलिलिटर पानी आवश्यक पर्ने गरेको बताउँदै उहाँले कतिपय ठाउँमा क्षेत्रमा औसत करिब नौ सय मिलिलिटर पानी पर्छ तर १५ सय मिलिलिटरभन्दा बढी पानी प¥यो भने धानका लागि राम्रो हुने गरेको बताउनुभयो ।
पाँचतारे होटेलको सङ्ख्या बाइस पुग्यो
नेपालमा सञ्चालित डिलक्ससहित पाँचतारे होटेलको सङ्ख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यस वर्ष दई वटा हेरिटेज बुटिकसहित तीन वटा होटेल पाँचतारे होटेलको वर्गीकरणमा परेका हुन् । विभागका प्रवक्ता कालीबहादुर भुजेलले भन्नुभयो, “विभागमा यस वर्ष दुई वटा हेरिटेज बुटिक होटेल र तीन वटा होटेल पाँचतारे होटेलमा नवीकरणमा परेका छन् । पछिल्लो तथ्याङ्क अनुसार एक डिलक्ससहित पाँचतारे होटेलको सङ्ख्या २२ पुगेको छ ।”
वाणिज्य बैङ्कद्वारा एम्बुलेन्स प्रदान
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नेपाल प्रहरी अस्पताललाई दुई/दुई वटा एम्बुलेन्स र शववाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनालले एम्बुलेन्स र शववाहनको चाबी हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वारस व्यक्त गर्नुभयो ।
सात करोडभन्दा बढी रकम हिनामिनाको आरोपमा स्वायर सहकारीका अध्यक्ष पक्राउ
स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्षसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता
विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए-२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ ।
नेप्से परिसूचक ओरालो लाग्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले ओरालो लागेर दुई हजार ७३ दशमलव १९ मा सीमित भएको छ ।