• ११ मंसिर २०८१, मङ्गलबार

ग्रेनाइट उद्योग सञ्चालन

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, साउन ३१ गते । पश्चिम नेपालको पहिलो ग्रेनाइट उद्योग बाँकेको गनापुरमा सञ्चालनमा आएको छ । जय मङ्गलम् स्टोन प्रालिले बाँकेमा सो उद्योग स्थापना गरेर पश्चिम नेपालमै पहिलो पटक ग्रेनाइट उत्पादन सुरु गरेको जनाएको छ । 

कम्पनीका प्रबन्ध निर्देशक रिसभ अग्रवालले २० करोड रुपियाँको लागतमा सञ्चालनमा आएको सो उद्योगले परीक्षण उत्पादन सुरु गरेको हो । भैरहवाबाट पश्चिमतर्फ ग्रेनाइट उद्योग नभएकाले यस उद्योगको सञ्चालनबाट बजारको माग पूरा हुने अग्रवालले बताउनुभयो । 

भवन निर्माणमा ग्रेनाइट लगाउने प्रचलन बढेको र नेपालगन्ज, धनगढी, महेन्द्रनगर, सुर्खेत, दाङ, गुलरियालगायतका ठाउँमा यसको माग अत्यधिक रहेको उद्योगले जनाएको छ । यस उद्योगले साढे दुई दशकदेखि नेपालगन्जमा सिमेन्ट उत्पादन गर्दै आएको छ । सो उद्योगले यति, रङ्क स्ट्रङलगायतका विभिन्न ब्रान्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।

सङ्घले गत वर्ष साउनमा जिल्लाको १३ वटै स्थानीय तहमा एक/एक जना गणक परिचालन गरी सञ्चालनमा रहेका सहकारीको तथ्याङ्क सङ्कलन गरेको थियो । सङ्घका अध्यक्ष दिलीप शर्माले तथ्याङ्क सङ्कलन गर्ने क्रममा जिल्लामा ६४६ वटा सहकारी सञ्चालनमा रहेको पाइएको बताउनुभयो । “तथ्याङ्क लिने क्रममा ६४६ वटा मात्रै सञ्चालनमा रहेको पाइयो । यसमा केही सहकारी छुटेका र सम्पर्कमा नआएको पनि हुन सक्छ,” उहाँले भन्नुभयो । 

तथ्याङ्क अनुसार जिल्लाको खानीखोलामा २२, चौँरीदेउरालीमा २१, तेमालमा २० वटा, धुलिखेल नगरपालिकामा ७० वटा, नमोबुद्ध नगरपालिकामा ४० वटा, पनौती नगरपालिकामा ६३ वटा सहकारी सञ्चालनमा रहेको बताउनुभयो । 

यस्तै पाँचखाल नगरपालिकामा ३८ वटा, बनेपा नगरपालिकामा २०४ वटा, बेथानचोक गाउँपालिकामा २३ वटा, भुम्लु गाउँपालिकामा ३१ वटा, मण्डनदेउपुर नगरपालिकामा ६८ वटा, महाभारत गाउँपालिकामा २४ वटा र रोसी गाउँपालिकामा २२ वटा सहकारी संस्था सञ्चालनमा रहको सङ्घको तथ्याङ्कले देखाएको छ । 

डिभिजनले बुझाएको विवरण र सङ्घले सङ्कलन गरेको तथ्याङ्क अनुसार ८४९ वटा सहकारी सञ्चालनबाहिर रहेको देखिएको बताउनुभयो । 

उहाँले जिल्लामा सञ्चालित ६४६ वटा सहकारीमा छ लाख ७९ हजार ८१८ जना सेयर सदस्य रहेको र ती सहकारीमा पाँच हजार ७८२ जना सञ्चालक समितिमा रहेको तथ्याङ्कले देखाएको छ । 

जिल्लामा सञ्चालित सहकारीमा एक हजार ६२८ जना महिला र एक हजार २७ जना पुरुष गरी कुल दुई हजार ६५५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । जिल्लामा कृषि सहकारी १५७ वटा, दुग्ध ४०, तरकारी १० वटा, बचत तथा ऋण सहकारी ३०५ वटा, बहुउद्देश्यीय १०३ वटा र सिपमूलक आठ वटा सहकारी सञ्चालनमा रहेका छन् । सञ्चालित सहकारीको कुल सेयर पुँजी पाँच अर्ब पाँच करोड ८४ लाख ५२ हजार दुई सय, बचत सङ्कलन ३६ अर्ब ६३ करोड ४५ लाख ७५ हजार २१ रुपियाँ रहेको छ । 

सहकारीले आयकर, व्यवसाय कर, लाभांश कर, तलब कर, घरबहाल करलगायतका विविध करबापत राज्यलाई २४ करोड ९१ लाख १० हजार ६७१ रुपियाँ तिरेका छन् भने ४० अर्ब ९१ करोड ७१ लाख ८६ हजार ३४६ रुपियाँ ऋण परिचालन गरेको तथ्याङ्कले देखाएको सङ्घका अध्यक्ष शर्माले बताउनुभयो । 

जिल्लामा रहेका सहकारीको विस्तृत विवरणसहितको तथ्याङ्क सङ्कलन गर्ने जिल्ला सहकारी सङ्घ काभ्रेपलाञ्चोलक नेपालको पहिलो सङ्घ रहेको उहाँले दाबी गर्नुभयो । जिल्लामा सञ्चालित सहकारीमध्ये स्थानीय तहको क्षेत्रभित्र रहेका ५५७ वटा र प्रदेशस्तरको नियमन क्षेत्रभित्रका ८९ वटा सहकारी रहेका छन् । 

जिल्लामा सञ्चालनमा रहेका ६४६ सहकारीमध्ये ५४० वटाको आधिकारिक कार्यालय, १४२ वटाको आफ्नै घरजग्गा, ८३ वटा सहकारीको सेवा केन्द्र, १० वटा सहकारीको जिल्लाबाहिर सेवा केन्द्र रहेको, २२९ वटाले रासायनिक मलको स्वीकृति लिएको, ८३ वटाले मनी ट्रान्सफर, ४०९ वटा कोपोमिसमा आबद्ध भएका छन् । 

त्यस्तै ३५९ सहकारीमा सफ्टवेयर प्रयोग भएको, ५१ वटाले मोबाइल बैङ्किङ सञ्चालन गरेको, तीन वटाले एटिएम सञ्चालन, ३५ वटाको आफ्नै वेभसाइड सञ्चालन गरेको, ३८२ वटाको इमेल ठेगाना भएको र ७८ वटा सहकारी महिलाले मात्रै सञ्चालन गरेको तथ्याङ्क सङ्कलन गरिएको छ ।