• १६ भदौ २०८१, आइतबार

मुलुकको आर्थिक आयआर्जन बढाउने काम गर्नुपर्नेमा जोड : मुख्यमन्त्री कार्की

blog

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की ।

धरान (सुनसरी) साउन २८ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको आर्थिक आयआर्जन बढाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । धरान उपमहानगरपालिका-१३ स्थित देवीमार्गदेखि वडा नम्बर २० चिण्डेडाँडा जोड्ने सर्दु खोलाको आज पुल उद्घाटन गर्दै उहाँले प्रदेशलाई समृद्ध बनाउने योजनाका साथ काम गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले धरानमा भारतीय पर्यटक बढाउन सकिने प्रशस्त सम्भावना भएको उल्लेख गर्दै पूर्वाधार निर्माणमा प्रदेश सरकारले जोड दिने बताउनुभयो । “धरान बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक हिसाबले महत्त्वपूर्ण छ, यहाँ भारतीय पर्यटक बढाउन सकिने सम्भावना छ”, उहाँले भन्नुभयो । त्यस अवसरमा कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थ र रमेशकुमार बस्नेत तथा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार शाहलगायतको उपस्थिति थियो । रासस